काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । इण्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्यसूचीअनुसार, पेट्रोलको मूल्य प्रतिलिटर रु दुईले वृद्धि भएको छ ।
यसअघि प्रतिलिटर रु १५९ मा बिक्री हुँदै आएको पेट्रोल अब भने प्रतिलिटर रु १६१ कायम गरिएको छ ।
नयाँ खरिद मूल्यअनुसार पेट्रोलका प्रतिलिटर दुई रुपैयाँ ३३ पैसा बढेर आएको छ भने डिजलको मूल्य प्रतिलिटर एक रपैयाँ २७ पैसा घटेर आएको छ ।
गएरातिदेखि लागू हुने गरी निगमले तय गरेको मूल्यअनुसार पेट्रोल प्रतिलिटर रु १६१ र डिजल एवम् मट्टीलेत प्रतिलिटर एक सय ४९ तोकिएको छ ।





























प्रतिक्रिया