आज पनि घट्यो सुनचाँदीको मूल्य

आज पनि घट्यो सुनचाँदीको मूल्य

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको १ हजार ६ सय रुपैयाँले घटेको हो । मंगलबार प्रतितोला १ लाख ९५ हजार १ सय रुपैयाँले कारोबार भइरहेको सुन आज १ लाख ९३ हजार ५ सयमा रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि आज घटेको छ । मंगलबार २ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको चाँदी आज घटेर २ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Logo