अब ६२२ रुपैयाँमा टियागो ईभी किन्न पाइने, पन्च ईभी ८०३ रुपैयाँमै

अब ६२२ रुपैयाँमा टियागो ईभी किन्न पाइने, पन्च ईभी ८०३ रुपैयाँमै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले नेपाली उपभोक्तालाई उत्साहित पार्ने अफर ल्याएको छ । अब टाटा टियागो ईभी मात्र दैनिक ६२२ रुपैयाँ किस्तामा किन्न सकिने भएको छ।

यस अफरअन्तर्गत, राष्ट्रिय बाणिज्य बैंकको ६.१० प्रतिशत ब्याजदरमा ईभी कर्जा उपलब्ध हुनेछ । ५० प्रतिशत डाउन पेमेन्ट गर्ने ग्राहकले टियागो ईभी दैनिक ६२२ रुपैयाँ किस्तामा पाउनेछन् ।

यस्तै, लोकप्रिय टाटा पन्च ईभी भने दैनिक ८०३ रुपैयाँ किस्तामा पाउन सकिनेछ । दुबै मोडलमा ब्याजदर र डाउन पेमेन्ट समान रहनेछ ।

टाटा टियागो र पन्च ईभी नेपाली बजारमा निकै सफल भएका छन् । विगत २ वर्षमै २,२३३ युनिट टियागो ईभी नेपाली सडकमा गुडिरहेका छन् । पन्च ईभीले पनि नेपालमा एक वर्षमै ८९८ युनिटको बिक्री गरिसकेको छ ।

टियागो ईभीमा २४ किलोवाट ब्याट्री र ४८ किलोवाट मोटर रहेको छ । यसको मूल्य २७ लाख ४९ हजार र २९ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

त्यस्तै पन्च ईभीमा ३५ किलोवाट आवरको ब्याट्री छ । यसमा मोटर भने ९८ किलोवाट क्षमताको छ । पन्च ईभी दुई भेरियन्टमा उपलब्ध छ । जसमध्ये इम्पावर्ड लङ रेन्जको मूल्य ३७ लाख ९९ हजार रुपैयाँ रहेको छ भने इम्पावर्ड (प्लस एस) लङ रेन्जको मूल्य ३९ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

Logo