काठमाडौं । राइड शेयरिङ प्लेटफर्म इनड्राइभले नेपालमा २०२१ बाट सेवा सुरु गरेको ‘प्लाटिनम ड्राइभर गिभअवे’ अभियानलाई यस वर्षको दशैं–तिहारमा पनि निरन्तरता दिएको छ । इनड्राइभले अगस्ट २५ देखि सेप्टेम्बर २१ सम्म (भदौ ९ गतेदेखि असोज ५ गतेसम्म सञ्चालन हुने यो अभियानमार्फत चालकलाई साप्ताहिक पुरस्कारदेखि ग्रान्ड पुरस्कारसम्म जित्ने अवसर दिने जनाएको छ।
यसअघि दुई पटकसम्म सम्पन्न भइसकेको गिभअवे अभियानले चालक समुदायमा उत्साह देखाएको इनड्राइभकी अपरेसनल म्यानेजर सुनिता जिमी राईले बताइन् । “हामीले हरेक पटक गिभअवेमार्फत हाम्रो चालकहरूको परिश्रमलाई सम्मान गर्ने प्रयास गरेका छौँ। यो दशैं–तिहार गिभअवे पनि त्यही निरन्तरताको एक हिस्सा हो,” उनले भनिन्।

कम्पनीका अनुसार, मोटरसाइकल चालकले सातामा कम्तीमा ४५ राइड र कार तथा ट्याक्सी चालकले ३५ राइड पूरा गरी आफ्नो ‘प्लाटिनम स्टाटस’ कायम राख्नुपर्नेछ। अगस्ट २५ देखि ३१ सम्म प्लाटिनम स्टाटस कायम राख्ने चालकहरू ‘च्यालेन्ज वीक’ मा प्रवेश गर्नेछन्। च्यालेन्ज वीक अवधिमा सबैभन्दा धेरै राइड गर्ने चालकले साप्ताहिक रूपमा पाँचवटा मोबाइल फोन, १० वटा इयरबड र १० वटा स्मार्टवाच जित्ने अवसर पाउनेछन्।
त्यसैगरी, सम्पूर्ण अवधिभर निरन्तर प्लाटिनम स्टाटस कायम राख्ने चालकहरू ग्रान्ड पुरस्कारका लागि योग्य हुनेछन्। मोटरसाइकल चालकका लागि टिभिएस रेइडर मोटरसाइकल र कार चालकका लागि टाटा एक्सप्रेस–ईभी गाडी ग्रान्ड पुरस्कारमा राखिएको कम्पनीले जनाएको छ।
इनड्राइभले चालक र यात्रुबीचको सहमत मूल्यमा आधारित सेवाले छोटो अवधिमै नेपालमा लोकप्रियता कमाएको दाबी गरेको छ। कम्पनीका अनुसार, मूल्य निर्धारणमा स्वतन्त्रता, लचिलो समय र गन्तव्य रोज्ने सुविधा, बीमा, सेफ्टी बटन, २४ घण्टा सपोर्ट जस्ता सेवाले चालक तथा यात्रु दुवैलाई सहज र सुरक्षित अनुभव प्रदान गर्दै आएको छ।
राईका अनुसार, चालक समुदायले इनड्राइभ रोज्नुको मुख्य कारण भनेकै स्वतन्त्रता र लचकता हो। “हाम्रो एपले ड्राइभर र यात्रु दुवैलाई आफ्नो मूल्य प्रस्ताव राख्न र सहमत भएपछि मात्र यात्रा सुरु गर्न दिने हुँदा यसले सबैलाई निष्पक्ष प्लेटफर्म दिएको छ। यही कारणले गर्दा हाम्रो चालक समुदाय सन्तुष्ट र खुसी भएको अनुभव गरेका छौँ,” उनले भनिन्।
इनड्राइभले चालकहरूको सीप अभिवृद्धि र सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न तालिम तथा सचेतना कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ। कम्पनीले ‘सेफ्टी फर्स्ट’, ‘कस्टमर एटिकेट्स’, ‘ह्यारासमेन्ट अवेयरनेस’ लगायत सत्रमा उद्योग विशेषज्ञमार्फत चालकलाई प्रशिक्षण दिँदै आएको छ। यस्तै, नयाँ चालकलाई एप कसरी सुरक्षित प्रयोग गर्ने भन्नेबारे कम्पनी आफैंले नियमित रूपमा इनहाउस ट्रेनिङ प्रदान गर्दै आएको छ।
चालकहरूको मेहनतलाई सम्मान गर्ने उद्देश्यले इनड्राइभले ‘प्लाटिनम ड्राइभर गिभअवे’ अभियान सञ्चालन गर्दै आएको छ। इनड्राइभको ‘प्लाटिनम ड्राइभर गिभअवे’ अभियानले चालक समुदायमा थप उत्साह जगाउने र यात्रुहरूको लागि सुरक्षित तथा सहज सेवामा योगदान गर्ने अपेक्षा गरिएको छ।





























प्रतिक्रिया