भेस्पा र एप्रिलिया स्कुटरमा दशैं-तिहार अफरः थाइल्याण्ड भ्रमण जित्ने अवसर

भेस्पा र एप्रिलिया स्कुटरमा दशैं-तिहार अफरः थाइल्याण्ड भ्रमण जित्ने अवसर

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै भेस्पा र एप्रिलिया स्कुटरको नेपालका लागि आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिले आकर्षक अफर सार्वजनिक गरेको छ ।

‘डबल या तेब्बर बबाल’ नामक यस अफरअन्तर्गत भेस्पा र एप्रिलिया स्कुटर खरिद गर्ने हरेक ग्राहकले आकर्षक स्क्र्याच कार्ड प्राप्त गर्नेछन् । कार्डमा दिइएको क्यूआर कोड स्क्यान गरी स्क्र्याचमार्फत प्राप्त रकमलाई दोब्बर वा तेब्बरसम्म बढाउन सकिने कम्पनीले जनाएको छ ।

यस अफर अन्तर्गत, हरेक हप्ताको लक्की ड्र मार्फत ग्राहकले ४ रात ५ दिनको रोमाञ्चक थाइल्याण्ड भ्रमण जित्ने अवसर पाउने छन् । त्यतिमात्र नभई, अफरको बम्पर पुरस्कार स्वरूप एक भाग्यशाली ग्राहकले १० लाख नगद जित्ने विशेष अवसर पनि प्राप्त गर्ने छन् ।

त्यसैगरी, जुनसुकै कम्पनीको पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गर्दा न्यूनतम ४० हजार मूल्याङ्कन प्राप्त गर्न सकिने छ । साथै, स्क्र्याच कार्डमार्फत बजार मूल्याङ्कन भन्दा थप १ लाख ५० हजारसम्म पाउन सकिने छ । फाइनान्स सुविधाहरू पनि उत्तिकै आकर्षक रहेको कम्पनीले जनाएको छ । जसमा, ४.९९ प्रतिशतमात्र ब्याज दरमा ईएमआई सुविधा, शून्य सेवा शुल्क सहित उपलब्ध हुनेछ ।

यो अफर नेपालभरका सबै आधिकारिक भेस्पा र एप्रिलिया शोरूमहरूमा उपलब्ध हुनेछ ।

Skip This
Skip This
Logo