लेमिनार टायल्सको नयाँ डिलर शोरूम कलंकीमा

लेमिनार टायल्सको नयाँ डिलर शोरूम कलंकीमा

केन्द्रबिन्दु
3
Shares

काठमाडौं । नेपालकै पहिलो र एकमात्र भिट्रिफाइड टायल्स ब्रान्ड लेमिनार टायल्सले काठमाडौं कलंकीमा आफ्नो नयाँ विशेष डिलर शोरूम सञ्चालनमा ल्याएको छ । कलंकीस्थित टन्केश्वर टाइल एण्ड मार्बल हाउस प्रालिलाई आधिकारिक डिलर नियुक्त गर्दै बुधबार एक कार्यक्रमका बीच नयाँ शोरूमको उद्घाटन गरिएको हो ।

टन्केश्वर टाइल एण्ड मार्बल हाउसका सञ्चालक प्रज्ज्वल अधिकारी, लेमिनार टायल्सका निर्देशकद्वय अभिनभ चुरिवाल र आशुतोष खेतानले संयुक्त रूपमा शोरूम उद्घाटन गरेका हुन् ।

पाँचौं आउटलेट उद्घाटन समारोहमा बोल्दै टन्केश्वर टाइल एण्ड मार्बल हाउसका सञ्चालक प्रज्ज्वल अधिकारीले लेमिनार टायल्सद्वारा उत्पादित सबै सामग्री उपलब्ध हुने जानकारी दिए । भदौ २० गतेसम्म ग्राहकलाई ओपनिङ अफर प्रदान गरिने उनले बताए ।

लेमिनार टायल्सले देशभर १०० भन्दा बढी विशेष शोरूम सञ्चालन गर्ने लक्ष्य लिएको छ। बर्दियाको गुलरियामा १२.५ बिगाहा क्षेत्रफलमा स्थापित अत्याधुनिक यूरोपेली प्रविधियुक्त उत्पादन केन्द्रमार्फत लेमिनार टायल्स उत्पादन हुँदै आएको छ । कम्पनीले हाल ५०० भन्दा बढी डिजाइनमा पाँच विभिन्न साइजका टायल्स बजारमा उपलब्ध गराएको छ ।

लेमिनारका टायल्सहरू ९९.९२ प्रतिशत वाटरप्रुफ हुने पूर्ण भिट्रिफाइड टायल्स हुन्। उच्च गुणस्तरको कच्चा पदार्थ र उन्नत उत्पादन प्रक्रियाका कारण यी टायल्स अन्य सामान्य सिरेमिक टायल्सको तुलनामा चार गुणा बढी टिकाउ रहेको कम्पनीको दाबी छ।

Logo