काठमाडौं। माछापुच्छ्रे बैंकले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने भएको छ । बैंकले अग्राधिकार सेयर जारी गर्ने विशेष प्रस्तावसहित २७औं वार्षिक साधारणसभा आह्वान गरेको छ बैंकको साधारणसभा आगामी असोज १० गतेका लागि तय भएको छ
सभाले सञ्चालक समितिले निर्णय गरे बमोजिम चुक्ता पुँजीको ४ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पेस हुनेछ। लाभांश वितरण प्रयोजनका लागि बैंकले भदौ २७ गते बुक क्लोज तोकेको छ। बुक क्लोजअघि कायम सेयरधनीले मात्रै लाभांश पाउनेछन् ।
सञ्चालक समितिमा सर्वसाधारण सेयरधनी समूहका तर्फबाट रिक्त सदस्य पदमा साविक सञ्चालकको बाँकी कार्यकालसम्मका लागि गरिएको नियुक्ति अनुमोदन गरिने बैंकले जनाएको छ। बैंकले अंकित मूल्य १०० रुपैयाँका दरले ३ अर्ब रुपैयाँ बराबरको ८.२५ प्रतिशत माछापुच्छ्रे अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने विशेष प्रस्ताव अनुमोदन गर्ने तालिका छ।
बैंकले अधिकृत पुँजी १५ अर्बबाट २० अर्ब रुपैयाँ पुऱ्याउने भएको छ।





























प्रतिक्रिया