किङलङ ‘बेस्ट कमर्सियल ईभी अफ द इयर अवार्ड’बाट सम्मानित

किङलङ ‘बेस्ट कमर्सियल ईभी अफ द इयर अवार्ड’बाट सम्मानित

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । विद्युतीय भ्यानहरूको बजारमा आफ्नो पकड जमाउँदै गएको प्रतिष्ठित चिनियाँ गाडी निर्माता कम्पनी किङलङ ‘बेस्ट कमर्सियल ईभी अफ द इयर अवार्ड’बाट सम्मानित भएको छ ।

केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिको आयोजनामा पहिलोपटक आइतबार भएको ‘केन्द्रबिन्दु ईभी बज पोलिसी डिस्कोर्स २०८२’का अवसरमा किङ लङलाई उक्त अवार्ड प्रदान गरिएको हो ।

किङलङ नेपालको कमर्सियल ईभी सेग्मेन्टमा एक लोकप्रिय ब्रान्ड हो। विशेषगरी यसको कार्यक्षमता, बलियो बनावट र कम सञ्चालन खर्चका कारण यो व्यवसायीहरूको रोजाइमा परेको छ। किङलङले प्राप्त गरेको यो अवार्डले कमर्सियल ईभीको बजारलाई थप प्रोत्साहन दिने विश्वास गरिएको छ।

सीजी मोटर्सले नेपालमा किङ लङका गाडीहरूको आधिकारिक वितरकको रूपमा काम गरिरहेको छ । हाल, सीजी मोटर्सले नेपालमा किङ लङका ४ प्रमुख विद्युतीय माइक्रोभ्यान मोडलहरू उपलब्ध गराएको छ । किङ लङका १४ सिटर, १५ सिटर, १६ सिटर र १९ सिटरका भ्यानहरू उपलब्ध छन्।

किङ लङका यी विद्युतीय भ्यानहरूले नेपालमा सार्वजनिक यातायात र पर्यटन क्षेत्रमा विद्युतीय सवारी साधनको प्रयोगलाई बढावा दिन महत्वपूर्ण भूमिका खेलेका छन् । कम सञ्चालन लागत र वातावरणीय लाभका कारण यी गाडीहरू व्यावसायिक ग्राहकहरूका लागि आकर्षक विकल्प बनेका छन् ।

नेपालभरि सीजी मोटर्सका २१ भन्दा बढी शोरूमहरूमार्फत किङलङका विद्युतीय मिनि भ्यानहरू उपलब्ध छन्। काठमाडौंमा तीनवटा सर्भिस सेन्टर छन् भने देशव्यापी रूपमा १८५ भन्दा बढी चार्जिङ स्टेशनहरूको विस्तार भइरहेको छ, जसले विद्युतीय सवारी साधनका प्रयोगकर्ताहरूलाई सहजता प्रदान गर्छ।

Logo