दिपल एस०७लाई ‘मस्ट लक्जरीयस इलेक्ट्रिक एसयुभी अवार्ड’

दिपल एस०७लाई ‘मस्ट लक्जरीयस इलेक्ट्रिक एसयुभी अवार्ड’

केन्द्रबिन्दु
3
Shares

काठमाडौं । पछिल्लो समय नेपालको ईभी बजारमा आफ्नो छुट्टै पहिचान बनाउन सफल दिपल एस०७ले ‘मस्ट लक्जरीयस इलेक्ट्रिक एसयुभी अवार्ड’ प्राप्त गरेको छ ।

केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिको आयोजनामा पहिलोपटक भएको ‘केन्द्रबिन्दु ईभी बज पोलिसी डिस्कोर्स २०८२’का अवसरमा विश्वस्तरीय डिजाइन, अत्याधुनिक प्रविधि र आरामदायी विशेषताहरूलाई प्रमाणित गरेको दिपल एस०७लाई उक्त अवार्डबाट सम्मानित गरिएको हो ।

चिनियाँ गाडी निर्माता चांगानको आधिकारिक विक्रेता एमएडब्लू वृद्धि अटोकर्प प्रालिले नेपाली ईभी क्षेत्र रूपान्तरण गर्ने उदेश्य स्वरुप भित्र्याएको ‘इन्टिलिजेन्ट’ र ‘लक्जरियस’ इलेक्ट्रिक एसयूभी ‘दिपल एस०७’ ले छोटो समयमै उपभोक्ताहरूको मन जित्न सफल भएको छ ।

दिपल एस०७ मा नेपाली अटोमोबाइलमा पहिलो पटक प्रयोग भएका दर्जनौं फिचर छन् जसले ‘इलेक्ट्रिक मोबिलिटी’ मा केसम्म सम्भव छ भन्ने देखाउँछ । दिपल एस०७ आईसीएमा ६८।८ किलोवाट आवरको एलएफपी ब्याट्री प्रयोग गरिएको छ जसले ४१० किलोमिटरको डब्लुएलटीपी रेन्ज दिनेछ।

कारको झ्याल खोल्न र बन्द गर्न, एसी कन्ट्रोल गर्न, चार्जिंगको अवस्था बुझ्न र कारको लोकेसन ट्रयाक गर्न सकिन्छ। साथै यसमा ४जी५जी हटस्पट, इन्टरनेट कनेक्टिभिटी, स्मार्ट एप कनेक्टिभिटी, एमेजन म्युजिक, स्पटिफाई र लाइभ नेभिगेसनको समेत सुविधा रहेको छ।

आफ्नो ट्रेन्डसेटिंग सुन्दरता र अत्याधुनिक प्रविधिमार्फत इलेक्ट्रिक मोबिलिटीमा नयाँ मानक स्थापित गर्नेछ। यसको टाइमलेस डिजाइन र १० भन्दा बढी अझै पनि अन्य इभीमा नभएका इन्डस्ट्री फस्र्ट फिचरले दिपलको भिजनलाई दर्शाउँछ। यसमा ५३ इन्चको अग्मेन्टेड रियालिटी हेड अप डिस्प्ले, हाइपर्फर्मेन्स क्वालकम ८१५५ चिप, एल२.५ अटोनमस ड्राइभिङ असिस्ट्यान्स सिस्टम, १५.६ इन्चको सनफ्लावर टचस्क्रिन, जेस्चर कन्ट्रोल, फ्रेमलेस डोर र फ्लस ह्यान्डल र १.९ स्वायर मिटरको पानोरामिक ग्लास रुफलले प्रिमियम क्याबिन एक्सपिरियन्स दिन्छ।

नेपालमा दिपल एस०७ को सफलता यसको उत्कृष्ट फिचर, किफायती सञ्चालन खर्च, र कम्पनीद्वारा प्रदान गरिएको ग्राहक सेवाको कारण पनि रहेको छ । यो अवार्डले नेपालको इलेक्ट्रिक गाडी बजारमा दिपलको स्थानलाई अझ बलियो बनाएको विश्वास गरिएको छ।

Skip This
Skip This
Logo