सिजी मोटर्सलाई ‘ईभी चार्जिङ इन्फ्रास्ट्रक्चर डेभलपर अफ द इयर अवार्ड’

सिजी मोटर्सलाई ‘ईभी चार्जिङ इन्फ्रास्ट्रक्चर डेभलपर अफ द इयर अवार्ड’

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । सिजी मोटर्स प्रतिष्ठित ‘ईभी चार्जिङ इन्फ्रास्ट्रक्चर डेभलपर अफ द इयर अवार्ड’ बाट सम्मानित भएको छ ।

केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिको आयोजनामा पहिलोपटक भएको ‘केन्द्रबिन्दु ईभी बज पोलिसी डिस्कोर्स २०८२’का अवसरमा नेपालमा इलेक्ट्रिक गाडीको पूर्वाधार विकासमा सिजी मोटर्सले पुर्याएको महत्त्वपूर्ण योगदानको कदर गर्दै उक्त अवार्ड प्रदान गरिएको हो ।

सिजी मोटर्सले देशका प्रमुख सहर र राजमार्गहरूमा द्रुत तथा भरपर्दो चार्जिङ स्टेसनहरू स्थापना गरी इलेक्ट्रिक गाडी प्रयोगकर्ताहरूका लागि सहज यात्रा सुनिश्चित गरेको छ। यसले आम उपभोक्तामा चार्जिङको चिन्तालाई कम गर्दै इलेक्ट्रिक गाडीको प्रयोगलाई प्रोत्साहन गरेको छ।

सिजी मोटर्सले देशभरका विभिन्न स्थानमा ५० किलोवाटसम्मका डीसी फास्ट चार्जरहरू र एसी चार्जरहरू जडान गरिसकेको छ। कम्पनीले आगामी दिनमा अझ धेरै चार्जिङ स्टेसनहरू स्थापना गर्ने योजना बनाएको छ ।

सिजी मोटर्सले नेपालभर १८० भन्दा बढी चार्जिङ स्टेशनहरू स्थापना गरेको छ, र निकट भविष्यमा त्यतिनै चार्जिङ्ग स्टेशन थप्ने योजना रहेको रहेको बताएको छ । यस प्रयासले नेपालमा इलेक्ट्रिक सवारीसाधनको बजारलाई मात्र विस्तार गरेको छैन, बरु स्वच्छ ऊर्जाको प्रयोगलाई पनि बढावा दिएको छ। यो अवार्डले सिजी मोटर्सलाई भविष्यमा ईभी पूर्वाधार विकासका लागि थप काम गर्न प्रेरित गर्ने विश्वास गरिएको छ ।

Logo