काठमाडौं । ‘लक्जरियस’ विद्युतीय गाडी (ईभी) ब्राण्ड नामी ‘बेस्ट इन्ट्री लेभल ईभी अफ द इयर’ अवार्डबाट सम्मानित भएको छ।
केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिको आयोजनामा पहिलोपटक भएको ‘केन्द्रबिन्दु ईभी बज पोलिसी डिस्कोर्स २०८२’का अवसरमा नेपालको अटोमोबाइल क्षेत्रमा इलेक्ट्रिक गाडीको बजार विस्तार गर्न नामीले गरेको योगदानको कदर गर्दै नामीलाई उक्त अवार्ड प्रदान गरिएको हो।
सेफ्टी फिचर र लक्जरियस गाडी, त्यो पनि इन्ट्री लेभलको मूल्यमा पाइने भएकाले नामी गाडी आकर्षणका रूपमा छ । सस्तो पेट्रोल गाडी चढिरहेकाहरू जो ईभीमा जान चाहन्छन् र नयाँ सवारीसाधन किन्ने ग्राहकका लागि उपयुक्त हुने नामी नेपाली बाटो सुहाउँदो समेत छ ।
डोङफेङ मोटर्सको उत्पादन नामीका गाडी नेपाली बजारमा एमएडब्लू वृद्धिले भित्र्याउँदै आएको छ । नामी ०१, नामी भिगो, डोङफेङ फर्थिङ फ्राइडे र डोङफेङ इलेक्ट्रिक भ्यानहरु नेपाली सडकमा गुडिरहेका छन् ।





























प्रतिक्रिया