सुनको मूल्यले राख्यो नयाँ रेकर्ड

सुनको मूल्यले राख्यो नयाँ रेकर्ड

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुन तोलाको १६ सयले बढेर तोलाको २ लाख १२ हजारमा कारोबार भइरहेको हो । यसअघि शुक्रबार सुन तोलाको २ लाख १० हजार ४ सयमा कारोबार भएको थियो।

यो मूल्य अहिलेसम्मकै उच्च हो ।

यस्तै, आज चाँदीको मूल्य पनि आज तोलामा १० रुपैयाँले बढेर २५०० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Logo