काठमाडौँ
एशियाली विकास बैक (एडीबी) ले ८ सय मेगावाटको दूधकोशी जलाशययुक्त आयोजना निर्माणका लागि ५ सय मिलियन डलर अर्थात ५५ अर्ब ६ करोड रुपैयाँ (बुधबारको विनिमय दर अनुसार) भन्दा बढी ऋण दिने भएको छ । नेपाल विद्युत प्राधिकरणले गठन गरेको दूधकोशी जलविद्युत कम्पनी मार्फत निर्माण हुन लागेको यो आयोजना निर्माणका लागि एडीबीले यति ठूलो परिमाणमा ऋण दिने भएको हो ।
कुल १ खर्ब ५० अर्ब लागत अनुमान गरिएको आयोजनाको लागि एडीबीले ५५ अर्ब दिने प्रतिवद्धता जनाएको र यसको सम्झौता भने हुन बाँकी रहेको दूधकोशी जलविद्युत आयोजना प्रमुख वसन्तध्वज श्रेष्ठले जानकारी दिए । एडीबी स्रोतले भने ५ मिलियन डलर ऋण लगानी गर्ने निर्णय भइनसकेको जनाएको छ । आयोजना प्रमुख श्रेष्ठले आयोजनाको लागि लगानी जुटाउनका लागि आयोजनाले प्रक्रिया अघि बढाइ सकेको बताए ।
हाल आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण भइरहेको आयोजनाको ६ महिना भित्र पूरा गरेर दुई वर्ष भित्र निर्माण सुरु गर्ने लक्ष्य राखिएको छ । ओखलढुंगा र खोटाङ जिल्लाको बीचमा पर्ने सो आयोजनामा करिब १३ किलोमिटर सुरुङ निर्माण गर्नु पर्ने अध्ययनले देखाएको छ ।
कारोबारबाट































प्रतिक्रिया