काठमाडौं

यस वर्षका लागि धानको न्यूनतम समर्थन मूल्य तोकिएको छ । कृषि मन्त्रालयले सम्वद्ध सरोकारवालाको सल्लाहमा मुल्य तोेकेको हो । "/>

यसवर्षका लागि धानको समर्थन मूल्य तोकियो

यसवर्षका लागि धानको समर्थन मूल्य तोकियो


काठमाडौं

यस वर्षका लागि धानको न्यूनतम समर्थन मूल्य तोकिएको छ । कृषि मन्त्रालयले सम्वद्ध सरोकारवालाको सल्लाहमा मुल्य तोेकेको हो । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव युवकध्वज जिसीका अनुसार मोटा धानको प्रति क्विन्टल २ हजार २ सय ३१ रुपैयाँ र मध्यम धानको मूल्य प्रति क्विन्टल २ हजार ४ सय ६० रुपैयाँ सिफारिस गरिएको छ ।

यो सिफारिस गत आर्थिक वर्षको तुलनामा मोटा धानको मूल्य ३ दशमलव ७३ प्रतिशत र मध्यम धानको मूल्य शुन्य दशमलव ९० प्रतिशतले धेरै भएको मन्त्रालयले जनाएको छ । कृषि मन्त्रालयले यसबारे विस्तृत अध्यन गरि समष्टिगत योजना बनाउन कार्यदल गठन गरी अध्ययन गर्ने निर्णय पनि गरेको छ । ‘हामीले सिफारिस गर्ने हो, यसको कार्यान्वयन अर्थ मन्त्रालय समेतको परामर्शमा वाणिज्य मन्त्रालय, आपूर्ति व्यवस्थापन विभाग र खाद्य संस्थानले गर्नेछन,’ जिसीले भने ।

धानको समर्थन मूल्यका लागि धान उत्पादनको लागत, प्रचलित थोक मूल्य र भारतले निर्धारण गरेको न्यूनतम समर्थन मूल्यलाई आधार मानिएको जिसीले बताए ।

कार्यदल गठन सम्बन्धि प्रस्ताव कृषि मन्त्रालयले मन्त्रिपरिषदमा लैजाने तयारी गरेको मन्त्रालयले जनाएको छ ।सरकारले चालु आर्थिक वर्षको बजेट वक्तव्य मार्फत बाली लगानु पूर्व नै धान, गहुँ, उखु लगायत तोकिएका कृषि उपजहरूको समर्थन मूल्य तोकिने घोषणा गरेको थियो । यसै अनुसार कृषि मन्त्रालयले समर्थन मूल्य सिफारिस गरेको हो । समयमा धानको समर्थन मुल्य नतोकिँदा विगतमा किसानहरूलार्इ अप्ठ्यारो पर्ने गरेको थियो ।
राजधानीबाट

Logo