दशैंमा भाटभटेनीको अफरः किनमेल गर्दा टाटाको पन्च ईभी जित्ने मौका

दशैंमा भाटभटेनीको अफरः किनमेल गर्दा टाटाको पन्च ईभी जित्ने मौका

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । दशैँ, तिहार र छठजस्ता ठूला चाडपर्वको अवसरमा ग्राहकहरूलाई विशेष उपहार दिने उद्देश्यले भाटभटेनी सुपरमार्केटले आकर्षक योजना ल्याएको छ । टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङसँगको सहकार्यमा यो योजना ल्याइएको हो।

यस योजनाअनुसार, देशभरका भाटभटेनीका कुनै पनि शाखाबाट कम्तीमा २५०० रुपैयाँ बराबरको सामान खरिद गर्ने ग्राहकहरूले यो लक्की ड्रमा सहभागी हुन पाउनेछन्। खरिद गरिएको बिलको आधारमा ग्राहकको नाम स्वतः प्रणालीमा दर्ता हुनेछ। पुस १६ गतेसम्म यो योजना सञ्चालनमा रहनेछ, जसपछि गोलाप्रथा (लक्की ड्र) मार्फत एक जना भाग्यशाली विजेताले टाटाको पन्च ईभी कार जित्नेछन्।

भाटभटेनीले यो चाडपर्वको समयमा ग्राहकलाई आवश्यक सबै सामान एकै ठाउँबाट किनमेल गर्न सहज होस् र थप उत्साह मिलोस् भन्ने उद्देश्यले यस्तो योजना ल्याएको बताएको छ।

भाटभटेनीले सामान खरिद गर्दा मात्र नभई, भुक्तानी प्रक्रियालाई पनि उपहार योजनासँग जोडेको छ। नेपाल पेको क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्ने ग्राहकहरूले थप एउटा पन्च ईभी कार जित्ने अवसर प्राप्त गर्नेछन्। यसका साथै, क्यूआर भुक्तानी गर्ने १६ जना भाग्यशाली ग्राहकले टीभीएसको स्कुटर पनि जित्न सक्ने कम्पनीले जानकारी दिएको छ।

यो योजनाले ग्राहकहरूलाई चाडपर्वको किनमेलको साथसाथै ठूलो पुरस्कार जित्ने अवसर प्रदान गरेको छ, जसले बजारमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

Skip This
Skip This
Logo