काठमाडौं । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई अर्थ मन्त्रालयले स्पष्टीकरण सोधेको छ । अवकाशमा जान लागेको बेला विदेशमा कर्मचारी सरुवा गर्न खोजेको भन्दै मन्त्रालयले २४ घण्टाभित्र लिखित जवाफ पेश गर्न निर्देशन दिएको हो।
मन्त्रालयले प्राप्त उजुरीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
मन्त्रालयले पठाएको पत्रमा भनिएको छ, “कर्मचारी सरुवा प्रक्रिया हाललाई स्थगित गर्न र समाचारमा उठेको विषय सम्बन्धमा पछिसम्म फरक नपर्ने गरी २४ घण्टाभित्र लिखित जवाफ पेश गर्नुहुन आदेशानुसार अनुरोध छ।”
आज मात्रै निगमले आफ्नै खर्चमा ३९ जनाको डफ्फा बोकेर चीनको ग्वान्झाउमा पहिलो उडान गर्ने तयारी भएको समाचार बाहिरिएको थियो । जुन सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्को निर्णयविरुद्ध हो । मन्त्रिपरिषद्ले ५ असोजमा पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा खर्च कटौती सम्बन्धमा गरेको निर्णयमा नेपाल सरकार, प्रदेश सरकार स्थानीय तह, संस्थान, प्रतिष्ठान र नियामक निकायको खर्चमा अत्यावश्यक अवस्था बाहेक विदेश भ्रमणमा रोक लगाउने भन्ने उल्लेख छ ।





























प्रतिक्रिया