चीनको मोवाइल निर्माता कम्पनी हुवावेले आफ्नो पछिल्लो फ्ल्यागसिपको रुपमा रहेको नोभा थ्रिलाई सार्वजनिक गरेको छ ।  चीनमा हालै सार्वजनिक गरेको यो सेटलाई चाडैनै अन्तराष्ट्रिय बजारमा पुर्‍याउने कम्पनीले जनाएको छ । "/>

हुवावेको नोभा थ्रि बजारमा

हुवावेको नोभा थ्रि बजारमा


चीनको मोवाइल निर्माता कम्पनी हुवावेले आफ्नो पछिल्लो फ्ल्यागसिपको रुपमा रहेको नोभा थ्रिलाई सार्वजनिक गरेको छ । चीनमा हालै सार्वजनिक गरेको यो सेटलाई चाडैनै अन्तराष्ट्रिय बजारमा पुर्‍याउने कम्पनीले जनाएको छ । यो मोडलमा अहिले पर्पल, ब्ल्याक, ब्लू र गोल्ड कलरहरुको भेरिएन्ट रहेको छ ।

ओक्टा कोर प्रोसेसर रहेको यो स्मार्टफोनमा एण्ड्रोइडको लेटेस्ट भर्जन ओरियो अपरेटिङ सिस्टम रहेको छ । ४ वटा क्यामेरा रहेको यो सेटमा दुईवटा रिअर क्यामेरा र दुईवटा फ्रन्ट क्यामेरा रहेको छ । रिअर क्यामेराको प्राइमरी सेन्सर १६ मेगापिक्सेलको रहेको छ भने यसको एपार्चर एफ/१.८ रहेको छ ।

यही एपार्चर रहेको सेकेण्डरी क्यामेरा भने २४ मेगापिक्सेलको रहेको छ । फ्रन्ट क्यामेराको एउटाको सेन्सर एफ/२.० को साथमा २४ मेगापिक्सेलको रहेको छ भने अर्को फ्रन्ट क्यामेरा २ मेगापिक्सेलको रहेको छ ।

६.३ इन्च फुल एचडी डिस्प्ले रहेको सेटको स्क्रिनको रिजोलुसन २३४०x१०८० पिक्सेल रहेको छ । कर्निङ गोरिल्ला ग्लास रहेको कारण स्क्र्याच हुने सम्भावना पनि कम रहेको छ । ओक्टाकोरको किरिन ९७० प्रोसेसर रहेको यो सेटको अपरेटिङ सिस्टम भने एण्ड्रोइड ८.१ ओरियो रहेको छ । यो सेटमा ६ जिबी र्‍याममा ६४ जिबी र १ सय २८ जिबी इन्टरनल स्टोरेज रहेको छ ।

माइक्रो एसडी मार्फत् यसको स्टोरेज क्षमतालाई २ सय ५६ जिबीसम्म बढाउन सकिन्छ । ३७५० एमएएच ब्याट्रि क्षमता रहेको यो सेट तिब्र गतिमा चार्ज हुन्छ भने यसमा पनि रिअर माउन्टेड फिंगर प्रिन्ट सेन्सर रहेको छ ।

 

Logo