काठमाडौं । हालैको बाढीपहिरोबाट घर गुमाएकालाई तत्काल अस्थायी बसोबासको व्यवस्था मिलाउने तयारीमा सरकार लागिपरेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले बाढी पहिरोमा परी घरबास गुमाएकाहरु लाई अस्थायी बसोबासको व्यवस्था मिलाउने र प्रभावितलाई तत्काल राहत रकम उपलब्ध गराउने निर्णय गरेकाे हाे ।
बाढीपहिरोबाट कसैको घर भत्केको पाइएमा सरकारले तत्काल अस्थायी आवासमा सार्ने र दीर्घकालीन रूपमा स्थायी आवासको व्यवस्था मिलाउने भएकाे छ ।
अस्थायी आवासका लागि विपद् प्राधिकरणबाट ५० हजार रुपैयाँ उपलब्ध गराइने छ । सो रकममध्ये २५ हजार रुपैयाँ तत्काल र २५ हजार रुपैयाँ चाहिँ एक लेबलको घरको संरचना बनेपछि मापदण्ड अनुसार उपलब्ध गराउने निर्णय बैठकले गरेको छ ।





























प्रतिक्रिया