संचार क्षेत्रलाई अन्य उद्योग सरह मान्यता दिन माग

संचार क्षेत्रलाई अन्य उद्योग सरह मान्यता दिन माग

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

मिडिया एलाइन्सले संचार क्षेत्रलाई अन्य उद्योग सरह मान्यता दिलाउने सम्बन्धमा आवश्यक पहल गर्न आग्रह गरेको छ ।

बुधबार काठमाडौंमा एलाइन्समा आवद्ध संचार उद्यमीहरुले उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुसँग भेट गर्दे सञ्चार क्षेत्रलाई उद्योग सरह मान्यता दिलाउनेबारे पहल गरिदिन आग्रह गरेका हुन् । एलाइन्सका अध्यक्ष भाष्करराज कर्णिकारले संचार क्षेत्रको भूमिका र महत्वलाई बुझि व्यवहार गर्न आग्रह गरे । संचारगृहलाई पत्रकार र पत्रकारिताको आँखाबाट मात्र हेर्दा एक पक्षीय हुने भन्दै अध्यक्ष कर्णिकारले मिडियामा पनि ठूलो लगानी हुने भएकाले उद्योग सरह व्यवहार गरिनु पर्ने बताए ।

मिडिया एलाइन्सका पदाधिकारीहरुले उद्योग वाणिज्य महासंघ र संचार उद्यमी बीचको सम्बन्ध परस्पर हित हुनेगरी विकास गर्न पनि आग्रह गरे । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मिडिया क्षेत्र पनि व्यवसाय र उद्योग नै भएको विषयमा महासंघ भित्र कुनै द्विविधा नरहेको स्पष्ट पारे । उनले यस क्षेत्रलाई जिम्मेवार उद्योग बनाउन महासंघले पहल गर्ने प्रतिबद्धता जनाए।

सो अवसरमा अध्यक्ष गोल्छाले मिडिया क्षेत्रको विषयलाई महासंघको भिजन पेपरमा समेट्ने विश्वास दिलाएका थिए ।

Logo