काठमाडौं । नेपाली बजारमा विद्युतीय सवारी साधन (ईभी) को बढ्दो आकर्षणलाई एक कदम अगाडि बढाउँदै प्रख्यात चिनियाँ ब्रान्ड जिली ईएक्स५ ले सार्वजनिक भएको दुई महिनामै ठूलो सफलता हासिल गरेको छ।
जिलीको आधिकारिक वितरक एलआरआर मोटर्सकाअनुसार, गाडी बुकिङ र टेस्ट ड्राइभका लागि ग्राहकहरूको उत्साहजनक भीडले ईएक्स५ नेपाली उपभोक्ताहरूको मन जित्न सफल भएको हाे ।
राजधानी काठमाडौंसहित पोखरा र विराटनगर जस्ता प्रमुख सहरहरूबाट आएका ग्राहकहरूले गैरीधारास्थित शोरुममा ईएक्स५ मोडलको अवलोकन गर्दा यसको स्मार्ट फिचर, आकर्षक डिजाइन र वातावरणमैत्री एसयूभी विशेषताबाट अत्यन्तै प्रभावित भएको कम्पनीको दाबी छ।
एलआरआर मोटर्सका बिक्री प्रमुख अधिर श्रेष्ठले बजारको प्रतिक्रिया अपेक्षाभन्दा धेरै राम्रो रहेको उल्लेख गर्दै भने, ‘शोरुम बाहिर लाइन लागेका दृश्यहरू र रेकर्ड संख्यामा टेस्ट ड्राइभ दर्ताले नेपाली उपभोक्ताहरू जिलीको ‘स्मार्ट र दिगो मोबिलिटी’को अवधारणासँग गहिरो रूपमा जोडिएका छन् भन्ने देखाउँछ।’
ग्राहकहरूले विशेष गरी ईएक्स५ को स्मुथ पर्फर्मेन्स, भविष्यकेन्द्रित डिजाइन र भरपर्दो रेन्जको उच्च प्रशंसा गरेका छन्। धेरै उपभोक्ताहरूले यसलाई सन् २०२५ को सबैभन्दा चर्चित विद्युतीय एसयूभी बन्न सक्ने विश्वास व्यक्त गरेका छन्।
एलआरआर मोटर्सका निर्देशक जीवनजंग शाहीका अनुसार जिली ईएक्स५ केवल एक गाडी नभई ‘प्रगतिशील सोच र आत्मविश्वासको प्रतीक’ बनेको छ। उनले थपे, ‘जिली ग्रुपको गौरवपूर्ण इतिहाससँगै परिवर्तनको नेतृत्व गर्न नेपाली उपभोक्ताहरू उत्साहित छन् भन्ने कुरा हामीले पाएको उत्साह र स्विकार्यताले प्रमाणित गरेको छ।’





























प्रतिक्रिया