‘फोर्थिङ तिहार भाइब’ अभियान सुरु, हरेक यात्रामा उत्सवको अनुभूति

‘फोर्थिङ तिहार भाइब’ अभियान सुरु, हरेक यात्रामा उत्सवको अनुभूति

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । नेपालमा फोर्थिङ ब्रान्डको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी ई-मोबिलिटी प्रालिले तिहारको अवसरमा विशेष अफर ‘फोर्थिङ तिहार भाइब’ घोषणा गरेको छ।

यो विशेष अफर कात्तिक ३, २०८२ गतेसम्म सञ्चालन हुनेछ। जसअन्तर्गत ग्राहकहरूले स्टाइल, परफर्मेन्स र इनोभेशन मिसिएको ब्रान्डको प्रिमियम इलेक्ट्रिक एसयूभी ‘फोर्थिङ फ्राइडे’ अनुभव गर्न सक्नेछन्।

ग्राहकलाई यसको बुकिङमा आइफोन १७ प्रो पाउने अवसर मिल्ने छ। अफरअन्तर्गत ग्राहकले आकर्षक नगद छुट, ८ वर्षको वारेन्टी, ६ वर्षसम्म निःशुल्क सर्भिसिङ, ७ किलोवाटको होम चार्जर, स्पेयर टायर र १ वर्षको अटो प्लस बीमा र रोड ट्याक्स निःशुल्क सुविधा पनि प्राप्त गर्न सक्नेछन्।

फ्युचरिस्टिक डिजाइन, आधुनिक सुरक्षात्मक विशेषता र वातावरणमैत्री प्रदर्शनसहित फोर्थिङ फ्राइडेले नेपाली सवारी बजारमा प्रिमियम ईभी ड्राइभको नयाँ स्तर ल्याएको कम्पनीको भनाइ छ।

सहरका सडकहरूदेखि टाढाका यात्रासम्मका लागि उपयुक्त फ्राइडे ईभीमा ६४.४ किलोवाट आवर ब्याट्री र ९९ किलोवाट मोटर जडान गरिएको छ, जसले डब्लुएलटीपी मापदण्डअनुसार ४०० किलोमिटरको दायरा प्रदान गर्छ।

यसको भित्री डिजाइन आरामदायी, काममा सहज र स्मार्ट डिजाइनलाई प्राथमिकता दिँदै तयार गरिएको छ। यसका साथै, प्रिमियम मसाज स्पोर्ट्स सिट समावेश गरिएको छ जसले ड्राइभिङ अनुभवलाई अझ उत्कृष्ट बनाउँछ। र एक्सक्लुसिभ भेरियन्टमा इलेक्ट्रिक टेलगेटको सुविधा पनि थपिएको छ।

‘फोर्थिङ तिहार भाइब’ अभियानले ग्राहकहरूलाई प्रिमियम इलेक्ट्रिक मोबिलिटीतर्फको यात्रा रोमाञ्चक र फाइदाजनक बनाउने अवसर प्रदान गर्ने कम्पनीको भनाइ छ। साथै कम्पनीले थापाथली र नक्सालस्थित फोर्थिङ शोरुममा पुगेर अभियान अवधिभर टेस्ट ड्राइभका साथै अन्य परामर्श पनि लिन सक्नेछन्।

Skip This
Skip This
Logo