काठमाडौं । नेपाली बजारमा दिनहुँ सुनचाँदीको मूल्यले नयाँ कीर्तिमानी बनाउँदै आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेर २ लाख ५० हजार ९०० रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
यस्तै, चाँदीको मूल्य समेत बढेको छ । बिहीबार प्रतितोला ३५ रुपैयाँले बढेर ३ हजार २७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।





























प्रतिक्रिया