काठमाडाैं । आन्तरिक वायुसेवा कम्पनीहरूले ७० वर्षभन्दा बढी उमेरका ज्येष्ठ नागरिकलाई हवाई टिकटमा ५० प्रतिशत छुट दिने भएका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरण महानिर्देशक प्रदीप अधिकारीको अध्यक्षतामा संघका अध्यक्ष मनोज कार्की र सदस्य वायुसेवाका प्रतिनधिबीच भएको बैठकले यस्तो सहमति गरेको हो । उपलब्ध हुनेछ भनेको सरकारले तोकेको अधिकतम भाडा दरको मात्र हो । ७० वर्षभन्दा बढी ५० प्रतिशत छुट त्यसैगरी ७५ वर्षभन्दा माथि उमेरका ज्येष्ठ नागरिकलाई ७० प्रतिशत र ८० वर्षभन्दा माथिकालाई ८० प्रतिशत छुट दिइने छ ।
साथै जुनसुकै उमेर समूहका फरक क्षमता भएका हवाई यात्रुलाई न्यूनतम ५० प्रतिशत छुट दिइने प्राधिकरणको भनाइ छ ।
































प्रतिक्रिया