आरम्भ चौतारी लघुवित्त र प्रभु बैंकबीच सम्झौता

आरम्भ चौतारी लघुवित्त र प्रभु बैंकबीच सम्झौता

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड र प्रभु बैंक लिमिटेडबीच एक सम्झौता सम्पन्न भएको छ।

सम्झौता अनुसार, लघुवित्त संस्थामा कार्यरत कर्मचारीहरूले प्रभु बैंकबाट विशेष छुटसहितका बैंकिङ सेवाहरू प्राप्त गर्नेछन्। उक्त सम्झौता पत्रमा आरम्भ चौतारी लघुवित्तका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिव प्रसाद ज्ञवाली र प्रभु बैंकका तर्फबाट सेन्ट्रल बिजनेस सेन्टरका प्रमुख लेख बहादुर पुनले हस्ताक्षर गरे ।

सम्झौतापछि आरम्भ चौतारीका कर्मचारीहरूले प्रभु बैंकको उत्कृष्ट तथा सुविधा सम्पन्न बैंकिङ सेवा प्रयोग गर्ने विश्वास बैंकले लिएको छ।

प्रभु बैंक ‘बैंक अफ द इयर २०२३’, ‘फिनाकल इन्फोसिस इनोभेसन गोल्ड-२०२४’ तथा ‘युरो मनी अवार्ड फर नेपाल बेस्ट डिजिटल बैंक फर एसएमई-२०२४’ जस्ता अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित अग्रणी वाणिज्य बैंक हो। ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मूल नाराका साथ बैंकले देशभर ३१२ शाखा, २८६ एटीएम तथा ६९ एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।

Logo