रिलिज भएको ३० वर्षपछि हलिउड फिल्म ‘गडफादर ३’ पुनः प्रदर्शन हुँदै

रिलिज भएको ३० वर्षपछि हलिउड फिल्म ‘गडफादर ३’ पुनः प्रदर्शन हुँदै


काठमाडौं ।

रिलिज भएको ३० वर्ष पछि हलिउड फिल्म ‘गडफादर ३’ छ महिनाको पुनः सम्पादनसँगै प्रदर्शनमा आउने भएको छ । भाग एक र भाग दुई विश्वका उत्कृष्ट फिल्मको सूचीमा पर्न सफल रहेपनि यो फिल्मको तेस्रो भाग दर्शकले रुचाएका थिएनन् । तर, अब फिल्मप्रति दर्शकको अरुचीपनमाथि नै फिल्मका लेखक मारिया पुज्जो र निर्देशक फ्रान्सिस फोर्ड कपोलाले यसको नयाँ भर्सन तयार गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा उल्लेख गरिएको छ ।

३० वर्ष अघिको फिल्मलाई पुनः सम्पादन गरेर मंगलबार यसको ट्रेलरसमेत सार्वजनिक गरिएको छ । ट्रेलर सार्वजनिक भएसँगै फिल्मको प्रदर्शन मिति पनि सार्वजनिक भएको छ । जस अनुसार फिल्म अब अमेरिकाका छानिएका सिनेमा हलमा डिसेम्बर ४ देखि प्रदर्शन हुनेछ । दुई तीन महिना अघि नै कपोलाले आफूले नयाँ भर्सनमा काम गरिरहेको र फिल्म हलमा पनि रिलिज हुने जानकारी गराएका थिए ।

यस्तै नयाँ ट्रेलरसँगै ब्लु रे भर्सन र डिजिटल रिलिजको मिति पनि तोकिएको छ । फिल्म ब्लु रे र डिजिटल फर्म्याटमा डिसेम्बर ८ देखि सार्वजनिक गरिनेछ । पुनः सम्पादनपछि कपोलाले फिल्मको सुरुवात र अन्त्यमा परिवर्तन गरिएको जनाएका छन् । उनले थपेका छन् ‘केही सिन रिअरेन्ज्ड गरिएको छ भने केही सट र सांगीतिक प्रस्तुतीलाई पनि तलमाथि गरिएको छ’ कपोलाले भनेका छन्, ‘ केही फुटेज र साउण्डमा काम गरेपछि बल्ल फिल्म अघिल्ला भागको निष्कर्ष जस्तो भएको छ ।’

उनले उक्त फिल्मसँग रहेर पुनः एकपटक काम गर्न दिएकोमा प्यारामाउण्टलाई पनि धन्यवाद दिएका छन् ।’ फिल्म अब ‘मारिया पुजो’ द गडफादर कोडा, दि डेथ अफ माइकल कोर्लिएन’ शीर्षकमा प्रदर्शन गरिनेछ । एजेन्सी

Logo