डिशहोम र द ट्राङक्विलिटी स्पाबीच साझेदारी, भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा पाइने

डिशहोम र द ट्राङक्विलिटी स्पाबीच साझेदारी, भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा पाइने

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । डिशहोमले नेपालभरका स्पा तथा सलोन सेवामा अग्रणी र विश्वसनीय नाम मध्ये एक, द ट्राङक्विलिटी स्पासँग रणनीतिक साझेदारी घोषणा गरेको छ ।

डिशहोमको अभिनव भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रमअन्तर्गत सुरु गरिएको यो सहकार्यले ग्राहकहरूको जीवनशैलीलाई अझ समृद्ध बनाउन र उनीहरूलाई देशव्यापी रूपमा विशेष स्वास्थ्य तथा वेलनेस लाभहरू प्रदान गर्ने लक्ष्य राखेको छ ।

अब डिशहोमका सक्रिय ग्राहकहरूले नेपालभर रहेका सबै ट्राङक्विलिटी स्पा शाखाहरूमा विशेष छुटहरू प्राप्त गर्न सक्नेछन्।

  • सबै स्पा र सलोन सेवामा २५ प्रतिशत छुट
  • सबै सलोन सेवामा २० प्रतिशत छुट
  • ट्राङक्विलिटी इन्टरनेशनल ब्यूटी एण्ड स्पा एकेडेमीमा हुने तालिम कार्यक्रममा ३० प्रतिशत छुट

लक्जरी वातावरण, अनुभवी थेरापिस्टहरू र विश्वस्तरीय उपचारका लागि परिचित द ट्राङक्विलिटी स्पा ले नेपालमा वेलनेस र रिल्याक्सेसनको पर्यायका रूपमा आफ्नो स्थान स्थापित गरेको छ। देशका प्रमुख सहरहरू र पर्यटनस्थलहरूमा शाखा विस्तार गरिसकेको यस स्पाले डिशहोमका ग्राहकहरूलाई मनोरञ्जन र स्वास्थ्यका उत्कृष्ट सुविधाहरू एउटै प्लेटफर्ममा उपलब्ध गराएको छ।

काठमाडौंमा अवस्थित टिब्साले ब्यूटी थेरापी, स्पा ट्रीटमेन्ट, मसाज थेरापी र समग्र वेलनेस सम्बन्धी व्यावसायिक पाठ्यक्रमहरू प्रदान गर्छ । व्यावहारिक तालिम र विशेषज्ञ प्रशिक्षकहरूद्वारा संचालित यो संस्थाले नेपालको आगामी पुस्ताका वेलनेस व्यवसायिकहरूलाई तयार पार्ने उद्देश्य राखेको छ ।

अफर विवरण

  • देशभरका सबै ट्राङक्विलिटी स्पा शाखामा सबै स्पा र सलोन सेवामा २५ प्रतिशत छुट
  • सबै सलोन सेवामा २० प्रतिशत छुट
  • टिब्सामा प्रशिक्षण सेवामा ३० प्रतिशत छुट
  • यो सुविधा सिर्फ सक्रिय डिशहोम ग्राहकहरूका लागि, माइडसहाेम एपमार्फत उपलब्ध

कसरी छुट प्राप्त गर्ने ?

-माई डिशहोम एप प्ले स्टोर वा एप स्टोरबाट डाउनलोड गर्ने ।
-दर्ता गरिएको मोबाइल नम्बर वा ग्राहक आईडी प्रयोग गरी लगइन गर्ने ।
-होम स्क्रिन वा प्रोफाइल सेक्सनमा रहेको आफ्नो भर्चुअल प्रिभिलेज कार्ड खोल्ने ।
-कुनै पनि ट्राङक्विलिटी स्पा शाखामा कार्ड देखाएर तुरुन्तै छुट प्राप्त गर्ने ।

यस साझेदारीलाई औपचारिक बनाउने क्रममा ट्राङक्विलिटी स्पाका प्रमुख सञ्चालन अधिकृत रणिल फाइजो र डिशहोमका चिफ अफ न्यु प्रडक्ट डेभलपमेन्ट अफिसर सबिन महर्जनबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

Logo