काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य आकाशिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ प्रतितोला ५ हजार ९ सय रुपैयाँ बढेर २ लाख ५० हजार २ सय रुपैयाँ पुगेको छ । बुधबार २ लाख ४४ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिनको तुलनामा चाँदी तोलाको १७० रुपैयाँ बढेर ३ हजार ३४५ रुपैयाँ चाँदीको मूल्य कायम भएको महासंघले जनाएको छ ।





























प्रतिक्रिया