ओपो ए६ प्रो प्रि-बुकिङ शुरु, इन्को बड्स३प्रो जित्ने मौका

ओपो ए६ प्रो प्रि-बुकिङ शुरु, इन्को बड्स३प्रो जित्ने मौका

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । ओपोले आफ्नो नयाँ स्मार्टफोन ओपो ए६ प्रो को प्रि–बुकिङ औपचारिक रूपमा खुला गरेको छ ।

अब ग्राहकहरूले आधिकारिक रूपमा सार्वजनिक हुनुअघि नै आफ्नो डिभाइस सुरक्षित गर्न सक्नेछन् । प्रि–बुकिङ अवधि कार्तिक २८ देखि मङ्सिर १ गते सम्म सबै ओपो अधिकृत खुद्रा पसलहरूमा सञ्चालन हुनेछ । अफर अवधिभर, ओपो ए६ प्रो प्रि–बुक गर्ने रु. ३,४९९ मूल्यका ओपो इन्को बड्स ३ प्रो जित्ने मौका पाउनेछन् । यो सिमित समयको अफर पहिला ४०० जना भाग्यशाली ग्राहकहरुका लागि मात्र उपलब्ध हुनेछ ।

यसमा सहभागी हुन ग्राहकहरूले नजिकको ओपो अधिकारीक बिक्रेतामा गएर प्रि–बुकिङ फारम भर्नुपर्छ । प्रि–बुकिङ पूरा गर्ने पहिलो ४०० ग्राहकहरू स्वतः यो विशेष उपहार अफरका लागि योग्य हुनेछन् ।

ओपो ए६ प्रोले स्टाइलिस डिजाइन र शक्तिशाली प्रदर्शनलाई संयोजन गर्दै आजका युवा र गतिशील प्रयोगकर्ताहरूको आवश्यकता पूरा गर्ने उद्देश्य राखेको छ । यो स्मार्टफोन मंसिर २ मा औपचारिक रूपमा सार्वजनिक हुँदैछ, जसले ओपोको लोकप्रिय ए सिरिजलाई थप मजबुत बनाउनेछ ।

यो प्रि–बुकिङ अफरमार्फत, ओपोले आफ्नो शुरुआती ग्राहकहरूलाई विशेष उपहारसहित अझ उत्साहपूर्ण अनुभव दिन चाहन्छ ।

Logo