तीन महिनामा भित्रियो पाँच खर्ब ५३ अर्ब रेमिट्यान्स

तीन महिनामा भित्रियो पाँच खर्ब ५३ अर्ब रेमिट्यान्स

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा साढे पाँच खर्ब रेमिट्यान्स नेपाल भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकले आइतबार जारी गरेको विवरणअनुसार ०८२ साउनदेखि असोजसम्मको तीन महिनाको अवधिमा ३५.४ प्रतिशतले बढेर पाँच खर्ब ५३ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा नेपाल भित्रिने रेमिट्यान्स ११.९ प्रतिशतले बढेको थियो । ०८२ असोज महिनामा मात्र दुई खर्ब एक अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।

Skip This
Skip This
Logo