काठमाडौं । नेपाल विद्युतीय व्यवसायी महासंघमा दिलिपकुमार अग्रवालको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।
महासंघको कात्तिक २९ मा सम्पन्न सोह्रौँ वार्षिक साधारणसभा एवं छैटौं महाधिवेशनबाट अग्रवालको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।
महासंघको सातौं कार्यकालका निर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्यको कार्यकाल तीन वर्षको रहनेछ ।
यस्तो छ नयाँ कार्यसमिति
अध्यक्ष – दिलिपकुमार अग्रवाल
प्रथम उपाध्यक्ष – गोपाल अग्रवाल
द्वितीय उपाध्यक्ष – लेखनाथ सापकोटा
तृतीय उपाध्यक्ष – प्रकाशचन्द्र पाण्डे
महासचिव – शंकर देवकोटा
कोषाध्यक्ष – राजेश गौतम
सचिव – लोकनाथ पोखरेल
सह–कोषाध्यक्ष – शंकरप्रसाद पोख्रेल
कार्यसमिति सदस्य – ओमप्रसाद चालिसे
कार्यसमिति सदस्य – सरोजकुमार रेग्मी
कार्यसमिति सदस्य – कृष्णप्रसाद कुइँकेल
कार्यसमिति सदस्य – राजेन्द्र पौड्याल
कार्यसमिति सदस्य – प्रभाकर पुरी
कार्यसमिति सदस्य – सुजन अधिकारी
कार्यसमिति सदस्य – डोलराम न्यौपाने
कार्यसमिति सदस्य (कोशी प्रदेश) – चन्द्रमणि देवकोटा
कार्यसमिति सदस्य (मधेश प्रदेश) – प्रेमकुमार ठाकुर
कार्यसमिति सदस्य (बागमती प्रदेश) – दिवेशकुमार जैन
कार्यसमिति सदस्य (लुम्बिनी प्रदेश) – दिपक पौडेल
देशको औद्योगिक एवं वाणिज्य क्षेत्रको सर्वाङ्गीण विकास तथा विद्युत क्षेत्रसँग प्रत्यक्ष संलग्न व्यवसायीहरुको प्रवर्धनका लागि समर्पित महासंघ जिल्ला, नगर संघहरु एवं एसोसिएट सदस्यहरु रहेको विद्युतीय व्यवसायीहरूको छाता संस्था हो ।





























प्रतिक्रिया