काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८२÷८३ को कात्तिक मसान्त सम्ममा काठमाडौं महानगरपालिकाले ३ अर्ब २२ करोड ४१ लाख २५ हजार १४९ रुपैयाँ राजस्व संकलन गरेको छ ।
गतवर्षको सोहि अबधिमा ३ अर्ब १६ करोड ७६ लाख १४ हजार ६५७ रुपैयाँ राजस्व संकलन भएको थियो । यो रकम गत आवको तुलनामा ५ करोड ६५ लाख १० हजार ४९२ रुपैयाँ धेरै हो । गतआवमा१२ अर्ब ९० करोड ६३ लाख २५ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य निर्धारण गरिएको थियो । यस वर्षभने १५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ असुली हुने प्रक्षेपण गरिएको छ ।
चालु आवको यस अवधिमा आन्तरिक करतर्फ १ अरब ९६ करोड ८१ लाख७५ हजार ७ सय रुपैयाँ संकलन भएको छ । गतवर्ष यस अवधिमा १ अर्ब ९९ लाख २ लाख ६७हजार ६९५ रुपैयाँ राजस्व संकलन भएको थियो । यो अङ्कगएको वर्षको तुलनामा २ करोड २० लाख ९१ हजार ९९५ रुपैयाँ कम हो ।
यसरी आन्तरिक राजस्व घट्नुको कारण सम्पत्ति कर शीर्षक हो । गएको वर्षको पहिलो चौमासिक अवधिमा ५० करोड ३१ लाख ३ हजार ७३८ रुपैयाँ संकलनभएको सम्पत्ति कर यस वर्षको सोही अवधिमा ४२ करोड ७६ लाख ५४ हजार २७६ रुपैयाँ संकलन भयो। राजस्व विभागका प्रमुख दीपक अधिकारी भन्छन्, ‘गएको वर्ष सम्पत्ति करको दर सम्बन्धित मालपोत कार्यालयले तोकेको दरमा लिने भन्ने निर्णय गरियो । यो निर्णयबाट ठुलो भवन भएका करदाताको राजस्व गुणात्मक रुपमा वृद्धिभयो । साना घर हुनेको घट्यो ।
यस विषयमा करदाताबाट गुनासो आएपछि २०८१ असोज महिनामा बसेको कार्यपालिका बैठकले पुरानै दरमा सम्पत्ति कर लिने निर्णय गरेपछि त्यस अवधिमाबढी कर तिरेका करदाताको यस वर्ष कर समायोजन गर्ने भनियो । यसरी समायोजन गर्दा यस वर्ष सम्पत्ति कर घटेको हो ।’ यस वर्ष वहाल कर असुली बढेको छ ।
गएको वर्ष यस अवधिमा ९४ करोड ८५ लाख २८ हजार १५४ रुपैयाँ संकलनभएकोमा यस वर्ष १ अरब २ करोड ९२ लाख ९७हजार ५७० रुपियाँ संकलन भएको छ । वहाल कर बढ्नुको कारण बताउँदै अधिकारी भन्छन, ‘२०८२ जेठ २० गते सर्वाेच्च अदालतको संवैधानिक इजलासले बहाल कर स्थानीय सरकारको क्षेत्राधिकार भएको फैसला गरेपछि साविकमा संघ सरकारका आन्तरिक राजस्व कार्यालयहरुबाट उठाइँदै आएको कर महानगरपालिकामै जम्मा हुन थालेपछि यस शीर्षकमा कर बढेको हो ।
यस वर्ष व्यवसाय करमा पनि वृद्धिभएको छ । गएको वर्ष २२ करोड ८७लाख ८ हजार ७०८ रुपैयाँ संकलन भएकोमा यस वर्ष २३ करोड ३२ लाख ३६ हजार १७० रुपैयाँ असुली भएको छ ।
भवन नक्सा शुल्कबाट संकलन हुँदै आएको रकम भने घटेको छ । गएको वर्ष १२ करोड ६ लाख ६६ हजार ६४९ रुपैयाँ संकलन भएकोमा यस वर्ष ८ करोड ८८ लाख ६ हजार ८८१ रुपैयाँमा झरेको छ । सहरमा भवन निर्माण गर्ने क्रम घटेसँगै राजस्व असुली पनि घटेको हो ।































प्रतिक्रिया