एनपीएलको दोस्रो सिजनमा पनि च्याम्पियन जनकपुर बोल्ट्सको साथमा रमपम नुडल्स

एनपीएलको दोस्रो सिजनमा पनि च्याम्पियन जनकपुर बोल्ट्सको साथमा रमपम नुडल्स

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । लोकप्रिय ब्रान्ड रमपम नुडल्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा डिफेण्डिङ च्याम्पियन जनकपुर बोल्ट्ससँग आफ्नो साझेदारीलाई निरन्तरता दिएको घोषणा गरेको छ। यस सिजन पनि जनकपुर बोल्ट्सको अफिसियल एशोसिएट पार्टनरका रूपमा रमपम फर्किएको हो ।

रमपम र जनकपुर बोल्ट्सबीचको सम्बन्ध केवल व्यापारिक साझेदारी होइन, वर्षौंदेखि बनेको निष्ठा, विश्वास र आपसी सम्मानको प्रतीक रहेको कम्पनीले जनाएको छ ।

जनकपुर बोल्ट्सले गतवर्ष एनपीएल सिजनमा उल्लेखनीय प्रदर्शन गर्दै शीर्ष उपाधि जित्दा रमपम उनीहरूको सबैभन्दा विश्वसनीय समर्थकका रूपमा साथमा रहेको कम्पनीको भनाइ छ । यही निरन्तर साथ र ब्रान्ड–टीमबीचको विश्वासले यो साझेदारीलाई अझ बलियो बनाएको छ।

हस्ताक्षर समारोहमा जनकपुर बोल्ट्सका प्रतिनिधिले भने, “रमपम जस्तो राष्ट्रिय ब्रान्डले हामीमाथि देखाएको भरोसा र निरन्तर समर्थनले हाम्रो टोलीलाई उच्च प्रदर्शन गर्न प्रेरित गरिरहेको छ ।”

Logo