आइचर राष्ट्रिय मेगा सेवा क्याम्पको सुरुवात, ग्राहकहरूलाई विशेष छुट

आइचर राष्ट्रिय मेगा सेवा क्याम्पको सुरुवात, ग्राहकहरूलाई विशेष छुट

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । बतास एमएडब्ल्यू कमर्सियल भेइकल्सले आईचर ग्राहकहरूका लागि विशेष रूपमा राष्ट्रिय मेगा सर्भिस क्याम्पको सुरुवात गरेको छ ।

यो क्याम्प मंसिर १७ देखि मंसिर २९ सम्म सञ्चालन हुनेछ । यस पहलको उद्देश्य सवारी साधनको कार्यक्षमता बढाउने, उत्कृष्ट बिक्रीपछिको सेवा प्रदान गर्ने र ग्राहक सन्तुष्टि सुनिश्चित गर्ने रहेको छ । क्याम्पमा आकर्षक छुटहरू र सेवाहरू उपलब्ध गराइने छ ।

नेपालभरका सबै आईचर एस्क्लुसिभ वर्कसप तथा सबै शाखाहरूमा उपलब्ध यस मेगा सर्भिस क्याम्पमार्फत ग्राहकहरूले निःशुल्क सर्भिस तथा छुट सुविधा प्राप्त गर्न सक्नेछन् । निरन्तर र सहज सेवा पाउनका लागि अग्रिम बुकिङ अनिवार्य गरिएको छ ।

ग्राहकहरूलाई क्याम्प अवधि मा स्पेयर पार्ट्समा १२ प्रतिशत छुट, अन्य लुब्रिकेन्ट्समा १८ प्रतिशत छुट, आईचर लुब्रिकेन्ट्समा २५ प्रतिशत छुट, ठुला मर्मत कार्यहरूको ज्यालामा २० प्रतिशत छुट, निस्शुल्क बम्पर–टु–बम्पर चेकअप र ३५ पोइन्ट इन्सपेक्सन तथा प्रत्येक सहभागी सर्बिसिंग मा सहभागी ग्राहकलाई निःशुल्क विण्डचिटर प्रदान गरिनेछ ।

Logo