गरिमा रोड रेस -२०८२ सफलतापूर्वक सम्पन्न

गरिमा रोड रेस -२०८२ सफलतापूर्वक सम्पन्न

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आयोजना गरेको ‘गरिमा रोड रेस–०८२’ सफलतापूर्वक सम्पन्न भएकाे छ । बैंकले आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारासहित शनिबार ‘गरिमा रोड रेस’ आयोजना गरेको थियो ।

कार्यक्रमको दोस्रो संस्करण खुला, कर्पोरेट र भेट्रान गरी तीन विधामा महिला र पुरुष गरी कुल ६ वटा प्रतियोगिता गराइएको बैंकले जनाएको छ । खुलातर्फको १० किमिको प्रतियोगिता बैंकको प्रस्तावित केन्द्रीय कार्यालय बालुवाटारबाट सुरु भई नारायणगोपालचोक, हात्तीगौँडा हुँदै बुढानीलकण्ठ– ३ को कार्यालय पुगी पुन: सोही मार्गबाट बालुवाटार आई समापन भएको थियो ।

त्यसैगरी, कर्पोरेट तथा भेट्रानतर्फको पाँच किमि दूरीको प्रतियोगिता बालुवाटारबाट नारायणगोपालचोक हुँदै न्युरो अस्पताल, बाँसबारीअगाडि पुगी पुन: सोही स्थान फर्किएको थियो ।

प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो, चौथो र पाँचौँ स्थान हासिल गर्नेहरूलाई खुलातर्फ क्रमश: ५०, ३५, २०, १५ र १० हजार नगद पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरिएको बैंकले जनाएको छ । साथै, कर्पोरेट र भेट्रानतर्फ प्रथम, दोस्रो, तेस्र्रो, चौथो र पाँचौँ स्थान हासिल गर्नेलाई क्रमश: ३०, २०, १४, १० र सात हजार नगद पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा कुल एक हजारभन्दा बढी धावक सहभागी थिए । खुलातर्फ १० किमिको दौडमा ओलम्पियन धावक सन्तोषी श्रेष्ठ र पुरुषतर्फ नेपाल आर्मीका राजन रोकायाले प्रथम स्थान हासिल गरेका थिए । यस प्रतियोगितामा नेपाल आर्मीका धावकहरूले खुला विधामा पुरुषतर्फ सबै र महिलातर्फ चार पुरस्कार जित्न सफल भएको बैंकले जनाएको छ ।

Skip This
Skip This
Logo