काठमाडौं । शिखर इन्स्योरेन्स लिमिटेडले दक्षिण एसियाली लेखा परीक्षक महासङ्घद्वारा प्रदान गरिने उत्कृष्ट वार्षिक प्रतिवेदन सम्मानमा मेरिट प्रमाणपत्र प्राप्त गरेको छ । यो सम्मान प्राप्त गर्ने नेपालको पहिलो बिमा कम्पनी हो ।
यो उपलब्धि शिखर इन्स्योरेन्सका लागि मात्र होइन, सम्पूर्ण नेपाली बिमा उद्योगका लागि पनि एउटा उल्लेखनीय माइल स्टोन हो।
महासङ्घद्वारा प्रदान गरिने यो सम्मान दक्षिण एसियामा वित्तीय प्रतिवेदनको गुणस्तर, पारदर्शिता, सुशासन, तथा जबाफदेहीपनको उत्कृष्ट अभ्यासलाई मान्यता दिने सबैभन्दा प्रतिष्ठित अवार्डमध्ये एक मानिन्छ ।
यो सम्मानले शिखर इन्स्योरेन्सले पछिल्ला वर्षहरूमा अपनाउँदै आएको मजबुत सुशासन, वित्तीय अनुशासन, तथा हित धारकसँगको स्पष्ट र पारदर्शी सञ्चारप्रतिको निरन्तर प्रतिबद्धतालाई अझ प्रस्ट रूपमा पुष्टि गर्दछ ।
कम्पनीले प्रकटीकरण प्रक्रिया सुधार गर्ने, प्रतिवेदनको गुणस्तर उन्नत बनाउने, तथा सर्वसाधारणका लागि उपलब्ध गराइने वित्तीय सूचनालाई अझ विश्वसनीय र व्यवस्थित बनाउने दिशामा गर्दै आएको प्रयासको यो महत्वपूर्ण प्रमाण हो ।





























प्रतिक्रिया