टिसिएलको विशेष उपहारः ६ विजेताले टी–२० विश्वकप प्रत्यक्ष हेर्ने अवसर पाउने

टिसिएलको विशेष उपहारः ६ विजेताले टी–२० विश्वकप प्रत्यक्ष हेर्ने अवसर पाउने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रिमियम इलेक्ट्रोनिक्स ब्राण्ड टिसिएलले नेपाली क्रिकेट प्रेमी तथा ग्राहकहरूलाई लक्षित गर्दै विशेष अफरको घोषणा गरेको छ।

‘घरमा टिसिएल भित्र्याऔँ, टी–२० विश्वकप प्रत्यक्ष हेरौँ’ नारासहित सञ्चालन गरिएको यस अभियानअन्तर्गत टिसिएलका तोकिएका उत्पादन खरिद गर्ने ग्राहकहरूले टी–२० विश्वकप २०२६ मा नेपालको खेल भारतको मुम्बईस्थित वानखेडे रंगशालामा प्रत्यक्ष हेर्न पाँचदिने निःशुल्क यात्रा जित्ने अवसर पाउनेछन्।

अभियानको मुख्य आकर्षण वानखेडे रंगशालामा आयोजना हुने नेपालको अन्तर्राष्ट्रिय टी–२० खेलको प्रत्यक्ष अनुभव हो। खेलको रोमाञ्चसँगै टिसिएलले ग्राहकहरूका लागि तत्काल उपहारको व्यवस्थासमेत गरेको जनाएको छ।

अभियानअनुसार टिसिएलको कपडा धुने मेसिन खरिद गर्दा तीन किलो धुने साबुन निःशुल्क उपलब्ध गराइनेछ। यस्तै, टिसिएलको हावा चिस्याउने यन्त्र खरिदमा निःशुल्क जडान सेवा प्रदान गरिनेछ। साथै, ४३ इन्च वा सोभन्दा ठूलो टिसिएल टेलिभिजन खरिद गर्ने ग्राहकहरूले नौ महिनाको निःशुल्क इन्टरनेट टेलिभिजन सेवा प्राप्त गर्नेछन्।

विश्वव्यापी ओलम्पिक साझेदारको रूपमा टिसिएलले उत्कृष्टता, एकता र प्रेरणाको भावनालाई अघि बढाउँदै आएको छ। यस अभियानमार्फत खेलकुदको माध्यमबाट ग्राहकहरूप्रति कृतज्ञता प्रकट गर्ने र उनीहरूसँगको सम्बन्ध अझ सुदृढ बनाउने लक्ष्य लिइएको कम्पनीको भनाइ छ।

अभियानमा सहभागी हुन ग्राहकहरूले टिसिएल, वारेन्टी कार्ड नम्बर, खरिद गरिएको उत्पादनको नाम, ग्राहकको नाम र ठेगाना उल्लेख गरी ३१००३ मा सन्देश पठाउनुपर्नेछ। सीमित अवधिका लागि लागू हुने यस अभियानमा सर्त तथा नियमहरू लागू हुने छ।

टिसिएल विश्वस्तरमा चिनिएको विद्युतीय उपकरण ब्रान्ड हो, जसले टेलिभिजन, हावा चिस्याउने यन्त्र, कपडा धुने मेसिन, फ्रिजलगायत घरेलु उपकरण उत्पादन गर्दै आएको छ। नेपालमा टिसिएलका उत्पादनहरू सीजी इलेक्ट्रोनिक्समार्फत वितरण हुँदै आएका छन्, जसले उपभोक्तामैत्री सेवा र विश्वासिलो वितरण सञ्जालमार्फत आफ्नो पहिचान बनाएको छ।

Skip This
Skip This
Logo