अफ्रिकाबाट आयात गरेको ‘कालाहारी बोयर’ म्याग्दीमा भित्रियो, किसान उत्साहित

अफ्रिकाबाट आयात गरेको ‘कालाहारी बोयर’ म्याग्दीमा भित्रियो, किसान उत्साहित

केन्द्रबिन्दु
39
Shares

म्याग्दी। बेनी नगरपालिका–३ भकिम्लीका किसान धनबहादुर श्रीसले जिल्लामा अफ्रिकाबाट आयात गरेको ‘कालाहारी बोयर’ जातको बाख्रा जातको बाख्रा भित्राएका छन् । श्रीसले प्रजननका लागि दुई बोका र दुई माउ बाख्रा बाख्रा पाल्नका लागि ल्याएका हुन् ।

उनका अनुसार नयाँ जातका बाख्राबाट शतप्रतिशत पाठापाठी जन्मिएका छन्। कालाहारी बोयर खैरो रङको हुन्छ भने सबै शरीर कालो हुनेलाई ‘ब्याकबेरी’, र टाउको रातो, शरीर सेतो हुनेलाई ‘स्टायडर्ड’ बोयर भनिन्छ । यसले मासु उत्पादन र नश्ल सुधारमा सहयोग पु-याउँछ ।

फार्ममा हाल ४० वटा बाख्रा छन् र वार्षिक ३०–४० पाठापाठी बिक्री हुने गर्दछ। श्रीसले बाख्रापालनका लागि ६० रोपनी घाँसखेती र ३० रोपनी जैघाँसखेती समेत व्यवस्थापन गरेका छन् ।

भेटेरीनरी अस्पताल तथा पशु सेवा केन्द्रका प्रमुख गोपाल गिरीले यसलाई म्याग्दीका लागि पहिलो भित्रिएको नयाँ जात भएको पुष्टि गरेका छन् ।

Logo