काठमाडौं । जाडो बढ्दै जाँदा शरीरलाई संक्रमण र रुघाखोकीबाट जोगाउन र रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न आवश्यक हुन्छ । यस्तो अवस्थामा डाबर च्यवनप्राश नेपाली उपभोक्ताबीच प्राकृतिक प्रतिरक्षा बढाउने विश्वासिलो आयुर्वेदिक शक्तिको रूपमा लोकप्रिय बन्दै गएको छ।
डाबर नेपालका अनुसार डाबर च्यवनप्राश ४१ भन्दा बढी आयुर्वेदिक जडिबुटीहरूबाट तयार गरिएको छ। वैज्ञानिक रूपमा प्रमाणित यो उत्पादनले शरीरलाई ब्याक्टेरिया, भाइरस, प्रदूषण र मौसम परिवर्तनबाट हुने संक्रमणबाट जोगाउँछ।
च्यवनप्राशको महत्व
‘च्यवनप्राश’ शब्द संस्कृतबाट आएको हो, जहाँ ‘च्यवन’ ती ऋषि थिए जसका लागि यो पुनर्यौवन दिने औषधि बनाइएको थियो र ‘प्राश’ विशेष रूपमा तयार गरिएको पौष्टिक आहारलाई जनाउँछ।
बालबालिकादेखि वृद्धसम्म सबैका लागि उपयुक्त यो उत्पादन प्रशस्त भिटामिन सी र एन्टिअक्सिडेन्टहरू पाइन्छन्, जसले शरीरलाई बलियो बनाउँछ र प्रतिरोधात्मक क्षमता बढाउँछ।
डाबर च्यवनप्राशबारे उद्यमी तथा पूर्वमिस नेपाल जेनिशा मोक्तान भन्छिन्– “जाडो सुरु हुनासाथ म र मेरो परिवारको इम्युनिटी बढाउने प्रयास गर्छु। बिहान र बेलुकी एक–एक चम्चा डाबर च्यवनप्राश सेवन गर्छु। यसले हाम्रो स्वास्थ्यमा धेरै सुधार ल्याएको छ र आत्मविश्वास पनि बढाएको छ।”
डाबर च्यवनप्राशका सेवनका फाइदाहरु
-रोग प्रतिरोधात्मक शक्ति बढाउँछ
-शरीरको प्राकृतिक सुरक्षा प्रणालीलाई बलियो बनाउँदै हेमोग्लोबिन र सेतो रक्तकोष उत्पादनमा सहयोग गर्छ
-पाचन प्रणाली सुधार गर्छ
-अमलाले शरीरलाई डिटक्सिफाइ गरी हानिकारक पदार्थहरू हटाउँछ
-श्वासप्रश्वास प्रणालीलाई स्वस्थ राख्छ
-सास फेर्ने मार्ग सफा र खुला राख्न सहयोग पुर्याउँछ
-शरीरमा उर्जा र जीवन्तता थप्दै सम्पूर्ण स्वास्थ्य सुधार गर्छ।
सेवन विधि
-बालबालिका (३ वर्ष माथि) दैनिक १ चम्चा
-वयस्कहरूः बिहान र बेलुकी गरी २ चम्चा
-दूध वा तातो पानीसँग मिसाएर वा सिधै सेवन गर्न सकिन्छ।
डाबर खजुरप्राश पनि बजारमा
डाबरले उपभोक्ताका लागि नयाँ उत्पादन ‘डाबर खजुरप्राश’ पनि सार्वजनिक गरेको छ । खजुरको प्राकृतिक मिठास र दर्जनौँ आयुर्वेदिक जडिबुटीहरूको मिश्रणबाट बनेको यो पौष्टिक प्राशले शरीरमा आयरन, हेमोग्लोबिन र उर्जा बढाउँछ।
फाइदाहरू
-आयरनको कमी घटाउँछ र स्वस्थ रगत उत्पादनमा सहयोग गर्छ
-खजुरमा रहेको प्राकृतिक चिनीले तुरुन्त उर्जा दिन्छ
-एन्टिअक्सिडेन्टहरूले शरीरमा सुजन घटाउँछन्
-रोग प्रतिरोधात्मक शक्ति सुदृढ बनाउँछ ।































प्रतिक्रिया