काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले साधारण सभा नरोकिने जनाएको छ ।
मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले नाडाको साधारणसभा रोक्न आदेश जारी गरेपनि नाडाले भने आज पुस ९ गते हुने साधारण सभा विधान तथा कानुनी प्रावधानअनुसार निर्धारित मितिमा नै सञ्चालन हुने जानकारी गराएको हो ।
विज्ञप्तिमार्फत नाडाले नाडा लोकतान्त्रिक परम्परा, पारदर्शी नेतृत्व हस्तान्तरण र संस्थागत स्थायित्वप्रति पूर्ण प्रतिबद्ध रहेको र सबै सदस्यहरुलाई साधारण सभामा सक्रिय सहभागिताका लागि अनुरोध पनि गरेको छ ।
यसअघि कार्यसमितिभित्र उत्पन्न विवादलाई समाधान नगरी एकतर्फी रुपमा हालका पदाधिकारीले नाडालाई महासंघमा लगेर आफ्नो पद लम्ब्याउन खोजेको केही कार्यसमिति सदस्य पदाधिकारीको आरोपपछि नाडाको साधारणसभा रोक्न आदेश आएको थियो ।





























प्रतिक्रिया