सुनचाँदीको मुल्य घट्यो, कतिमा भइरहेकाे छ कारोवार ?

सुनचाँदीको मुल्य घट्यो, कतिमा भइरहेकाे छ कारोवार ?

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । आज सुन चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाला सुनको मूल्य तोलाको दुई लाख ६७ हजार ५०० रुपैयाँ कायम गरिएको छ । बुधबार (पुस ९) छापावाल सुन प्रतितोला दुई लाख ६८ हजार १०० रुपैयाँमा किनबेच भएको थियो । यो हालसम्मकै उच्च मूल्य हो ।

चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला चार हजार ४०० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला चार हजार ४२० रुपैयाँमा कारोबार भएको थियो ।

Skip This
Skip This
Logo