काठमाडौँ

वि.सं ०६८ को असार देखि अहिले सम्म ७५२ विद्युतीय दुर्घटना भएका छन् । विद्युतीय दुर्घटनाबाट शारीरिकरुपमा अंगभंग भएका व्यक्तिको उपचार खर्च र मृत्यु भएकाको परिवारलाई क्षतिपूर्ति बापत नेपाल विद्युत प्राधिकरणले अहिले सम्म १२ करोड २० लाख खर्च गरेको छ । "/>

विद्युतीय दुर्घटना जोखिम न्यूनीकरणका लागि तेस्रो पक्ष बीमा

विद्युतीय दुर्घटना जोखिम न्यूनीकरणका लागि तेस्रो पक्ष बीमा


काठमाडौँ

वि.सं ०६८ को असार देखि अहिले सम्म ७५२ विद्युतीय दुर्घटना भएका छन् । विद्युतीय दुर्घटनाबाट शारीरिकरुपमा अंगभंग भएका व्यक्तिको उपचार खर्च र मृत्यु भएकाको परिवारलाई क्षतिपूर्ति बापत नेपाल विद्युत प्राधिकरणले अहिले सम्म १२ करोड २० लाख खर्च गरेको छ ।

नेपाल विद्युत प्राधिकरण र सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियर्स नेपालले विद्युतीय सुरक्षा दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा सो जानकारी दिएको हो । चालू आर्थिक वर्षमा मात्रै विद्युतीय दुर्घटनामा परी आठ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँच जना प्राधिकरणका कर्मचारी र तीन जना सर्वसाधारण छन् । सुरक्षा सम्बन्धी उपकरण प्रयोग नगरी काम गर्दा हालसम्म भएका दुर्घटनामा ५० प्रतिशत भन्दा बढी प्राधिकरणकै कर्मचारी पर्ने गरेका छन् ।

हावाहुरी, चट्याङ जस्ता प्राकृतिक प्रकोप, प्राधिकरणको जीर्ण वितरण प्रणाली, धेरै लामो तार मार्फत विद्युतीकरण, घरायसी प्रयोजनका लागि कमसल विद्युतीय उपकरणको प्रयोग, हुकिङबाट विद्युत चोरी, जनचेतनाको अभाव जस्ता कारणले विद्युतीय दुर्घटना हुने गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले विद्युतीय दुर्घटनाले निम्त्याउने वित्तीय जोखिम न्यूनीकरण गर्न तेस्रो पक्ष बीमा आवश्यक रहेको बताए । “यातायात क्षेत्रमा तेस्रो पक्ष बीमा लागू गरिएकाले सडक दुर्घटना हुँदा क्षतिपूर्तिको माग राख्दै सडक अवरुद्ध गर्ने लगायतका क्रियाकलाप रोकिएका छन् भने पीडितले पनि क्षतिपूर्ति पाएका छन्,” उनले भने – “यसमा विद्युतीय दुर्घटना पनि लागू गर्न सकियो भने वित्तीय जोखिम न्यूनीकरण गर्ने उपयुक्त विकल्प हुन सक्छ, यतातर्फ पनि अगाडि बढ्नु पर्छ ।”
राजधानीबाट

Logo