काठमाडौं । सिद्धार्थ बैंकले आफ्नो २३औँ वार्षिकोत्सवको अवसरमा ग्राहकहरूका लागि लाइफटाइम फ्री क्रेडिट कार्ड अफर सार्वजनिक गरेको छ ।
उक्त अफर डिसेम्बर २५, २०२५ देखि जनवरी २३, २०२६ सम्म सञ्चालन रहनेछ जस अन्तर्गत स्ट्यान्डर्ड क्रेडिट कार्डमा लाग्ने आबद्घ शुल्क तथा पहिलो वर्षको वार्षिक शुल्क पूर्ण रूपमा छुट दिइने व्यवस्था गरिएको छ ।
दोस्रो वर्षदेखि वार्षिक शु्ल्क छुट पाउनका लागि ग्राहकहरुले प्रत्येक अघिल्लो वर्षमा कम्तीमा तीनपटक क्रेडिट कार्डमार्फत कारोबार गरेको हुनुपर्नेछ । उदाहरणका लागि, डिसेम्बर २०२५ मा जारी गरिएको क्रेडिट कार्डको हकमा, जनवरी २०२६ देखि डिसेम्बर २०२६ भित्रमा कम्तिमा ३ वटा कारोबार गर्दा दोस्रो वर्ष लाग्ने शुल्क छुट हुनेछ ।
सिद्धार्थ बैंकले ग्राहकहरूलाई थप सुविधा प्रदान गर्ने उद्देश्यसहित सँगसँगैै डिजिटल कारोबारलाई प्रवर्धन गर्ने उद्देश्यका साथ यो योजना सञ्चालनमा ल्याएको हो ।





























प्रतिक्रिया