झापाका चौहान दाजुभाइको डिजिटल उडान विश्वकै चर्चित

झापाका चौहान दाजुभाइको डिजिटल उडान विश्वकै चर्चित

केन्द्रबिन्दु
0
Shares

भद्रपुर। झापाको शिवसताक्षी नगरपालिका–२, सङ्गमचोकका दाजुभाइ प्रदीप चौहान र पवन चौहानले विदेश नगई आफ्नै गाउँबाट डिजिटल दुनियाँमा ठूलो सफलता हासिल गरेका छन्। साधारण मोबाइलबाट सुरु गरिएको उनीहरूको ‘सानो क्रियटर’ युट्युब च्यानल आज विश्वकै चर्चित मिनिएचर कन्टेन्ट प्लेटफर्ममध्ये एक बनेको छ ।

दुई वर्षको अवधिमै च्यानलले करिब ४५ लाख सब्सक्राइबर र करोडौँ भ्युज प्राप्त गरेको छ। साना गाडी, ट्रक, घर निर्माण र कृषि गतिविधिलाई सानो आकारमा देखाइने भिडियोहरू दर्शकको रोजाइमा परेका छन्। दृश्यमा आधारित कन्टेन्ट भएकाले भारतसहित विभिन्न देशका दर्शक उनीहरूको मुख्य दर्शक हुन्।

कृषि व्यवसायमा असफल भई ठूलो ऋणमा परेका दाजुभाइले कोभिडकालमा युट्युबलाई अवसरका रूपमा रोजेका थिए । निरन्तर प्रयोग, अध्ययन र फरक सोचका कारण उनीहरू सफल भएका हुन्। हाल युट्युबबाट उनीहरूले मासिक लाखौँ रुपैयाँ आम्दानी गर्दै आएका छन्।

चौहान दाजुभाइको सफलता कथा युवाहरूका लागि प्रेरणादायी बनेको छ। उनीहरू भन्छन् ठूलो लगानी होइन, सिर्जनात्मक सोच र निरन्तर मेहनतले गाउँबाटै विश्व बजारमा पुग्न सकिन्छ ।

Logo