नाडाको अध्यक्षमा उप्रेती निर्विरोध हुँदा को-को चयन भए सदस्य ?

नाडाको अध्यक्षमा उप्रेती निर्विरोध हुँदा को-को चयन भए सदस्य ?

केन्द्रबिन्दु
57
Shares

काठमाडौं । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा)को अध्यक्षमा सुरेन्द्र कुमार उप्रेती (सुरेश) निर्विरोध निर्वाचित भएका छन् ।

नाडाको यही पुस २५ गते तोकिएको निर्वाचनका लागि मनोनयन दर्ता पुस १७ गते बिहीबार १२ बजेसम्मको समय तोकिएको थियो । उक्त समय भित्र अध्यक्षमा अन्य कुनै व्यक्तिको उम्मेदवारी नपरे पछि उप्रेती निर्विरोध चयन भएका हुन् ।

उनी नाडाको वर्तमान कार्यसमितिमा महासचिव थिए । उप्रेती लामो समयदेखि नाडामा आबद्ध छन् । उप्रेती एसटीसी ग्रुपका प्रबन्ध निर्देशक समेत हुन् । यस ग्रुप नेपालमा टायर, लुब्रिकेन्ट, ब्याट्री, अन्य स्पेयर पार्टस लगायत व्यवसायमा संलग्न छ ।

अध्यक्षसँगै नाडाको सबै कार्यसमिति पदाधिकारी सर्वसहमतिमै चयन भएका छन । सर्वसम्मत चयन हुनेहरुमा विक्रम सिंहानिया, दिपेन्द्रकुमार मिश्रा, मेघराज पौडेल, नारायणप्रसाद पौडेल, अनुपकुमार बराल, अभिक ज्योति, पंकज अग्रवाल, निलमणि पाठक, नविनकुमार परख, विमल साह, दिवाकर मिश्रा, दिपकराज गिरी, नवराज भुषाल, तोयानाथ खनाल, मिलनबाबु मल्ल, प्रकास कपुरी, विकाश जोशी रहेका छन् ।

पदाधिकारी चयन हुन बाँकी रहेको कार्यसमितिमा सिंहानिया अघिल्लो कमिटीका सचिव हुन् भने मिलनबाबु मल्ल कोषध्यक्ष, पंकज अग्रवाल सहकोषाध्यक्ष हुन् । २५ गते हुने निर्वाचन कार्यक्रमबाट सर्वसम्मत नयाँ कार्यसमिति घोषणा हुनेछ ।

Logo