काठमाडौं महोत्सवको ‘फायर सेफ्टी सपोर्टर’मा हिट्को

काठमाडौं महोत्सवको ‘फायर सेफ्टी सपोर्टर’मा हिट्को

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । आगामी माघ १४ देखि १७ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुन लागेको ‘प्रथम काठमाडौं महोत्सव २०८२’ को ‘फायर सेफ्टी सपोर्टर’मा हिट्को प्रालि रहने भएको छ ।

नेपाल उद्योग वाणिज्य संघ काठमाडौं र काठमाडौं महानगरपालिकाको आयोजना तथा राइजिङ नेपाल प्रालिको सहआयोजनामा हुने महोत्सवको सेफ्टी सर्पोटरमा हिट्को जोडिएको हो ।

हिट्कोले हाल टु ह्विलर, फोर ह्विलर, ट्रयाक्टर, हेभी इक्विपमेन्ट मर्मतका लागि आवश्यक टुल्स, पार्ट्स जस्ता उपकरण बजारमा उपलब्ध गराउँदै आएको छ ।

हिट्कोले हाल एल्गी र एटीएस–एल्गीका उपकरणहरु बिक्री वितरण गरिरहेको छ । सवारी साधनको ग्यारेज निर्माणका लागि आवश्यक उपकरण र सडक वा टनेल निर्माणको अवसरमा आवश्यक एयर कम्प्रेसर समेत हिट्कोले उपलब्ध गराइरहेको छ । हिट्कोले सिजफायर ब्रान्डका फायर एक्स्टिङग्विसर पनि उपलब्ध गराइरहेको छ ।

महोत्सवमा २ सयभन्दा बढी व्यावसायिक स्टल रहनेछन् । महोत्सवमा रैथाने खाना महोत्सव, पर्यटन प्रवद्र्धन, कला संस्कृति महोत्सव, निःशुल्क स्वास्थ्य शिविर, र फोटो प्रदर्शनी जस्ता विविध कार्यक्रम समेत आयोजना हुने छन् ।

Skip This
Skip This
Logo