कोरला नाकाबाट दुई करोड २४ लाखका भेप बराबद

कोरला नाकाबाट दुई करोड २४ लाखका भेप बराबद

केन्द्रबिन्दु
57
Shares

मुस्ताङ। कोरला नाकाबाट रु दुई करोड २४ लाख मुल्य बराबरका विद्युतीय चुरोट (भेप) बरामद भएको छ । नेपाल प्रहरी,सशस्त्र प्रहरी बल र मुस्ताङ भन्सार कार्यालयले सोमबार साँझ ना ६ ख ७५९१ नम्बरको कन्टेनरबाट १६ हजार थान भेप बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष बस्यालका अनुसार कन्टेनर र त्यसका चालक सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका—५का पेमा लामालाई नियन्त्रणमा लिइएको छ । यसअघि गत वर्ष पनि रु ६ करोड ८१ लाख बराबरका भेप बरामद भएका थिए ।

Logo