नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ बाँडफाँट, कसलाई कति कित्ता पर्‍यो ?

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ बाँडफाँट, कसलाई कति कित्ता पर्‍यो ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को आईपीओ बाँडफाँट भएको छ । आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकको जिम्मेवारी पाएको एनआइबीएल एस क्यापिटलले शुक्रबार बाँडफाँट गरेको हो ।

क्यापिटलका अनुसार निफ्राको आईपीओ १४ लाख ७५ हजार ८ जनाले प्राप्त गरेका छन् । १० देखि ५० कित्तासम्म शेयर माग गर्ने आवेदकलाई माग अनुसार नै शेयर वितरण गरिने भएको छ । यस्तै ६० कित्तादेखि २ लाख कित्तासम्म माग गर्नेलाई ५० कित्ता अनिवार्य र थप १० कित्ता शेयर बाँडफाँट गरिएको छ । क्यापिटलका अनुसार ४९ लाख २० हजार ७२० कित्ता शेयर गोलाप्रथाबाट बाँडफाँट गरिएको हो ।

यस अनुसार ४ लाख ९२ हजार ७२ जनाले गोलाप्रथाबाट थप १० कित्तासहित ६० कित्ता शेयर पाउने भएका छन् । आईपीओमा आवेदन गरेका मध्ये १४ लाख ७५ हजार ८ वटा आवेदन योग्य बनेको छ । आवेदन दिएका मध्ये ६ हजार २७६ वटा आवेदन रद्ध भएको छ ।

शेयर आवेदन दिने मध्ये ३४ हजार ३० जनाले १० कित्ता, २९ हजार ८५४ जनाले २० कित्ता, २० हजार २४८ जनाले ३० कित्ता, १६ हजार ९३४ जनाले ४० कित्ता र ५० कित्ताका लागि मात्र आवेदन गर्ने १ लाख ७९ हजार ९३८ जनाले ५० कित्ताका दरले शेयर पाएका छन् ।

६० कित्ता बढी शेयर आवेदन गर्नेले ११ लाख ९४ हजार ४ जनाले ५० कित्ताका दरले अनिवार्यरुपमा शेयर पाएका छन् भने ४ लाख ९२ हजार ७२ जनाले थप १० कित्ता शेयर पाएका छन् ।

बैंंकले सर्वसाधारणको लागि माघ २ देखि ६ गतेसम्म आवेदन दिन मिल्ने गरि ७ करोड ५८ लाख ४० हजार कित्ता साधारण शेयर निष्काशन गरेको थियो । कुल ८ करोड कित्ता शेयर निष्काशनमा ल्याएकोमा ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता कर्मचारीहरुको लागि र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको थियो ।

बैंंकले आईपीओ नेपालको शेयर बजारको इतिहासमा अहिलेसम्मकै ठूलो साधारण शेयर (आईपीओ) निष्काशन गरेको थियो । जारी पूँजी २० अर्बको ४० प्रतिशत शेयर सर्वसाधारणमा जारी गरेको हो ।

बैंकको चुक्तापूँजी १२ अर्ब छ । सर्वसाधारणहरुलाई शेयर निष्काशनपछि बैंकको चुक्तापूँजी २० अर्ब रुपैयाँ पुग्नेछ । नेपाल सरकारको समेत यो बैंकमा लगानी रहेको छ ।

Logo