दुवैतर्फी आफैं प्रिन्ट गर्ने ब्रदरको स्मार्ट प्रिन्टर बजारमा, कागज र पैसा दुवै बचत !

दुवैतर्फी आफैं प्रिन्ट गर्ने ब्रदरको स्मार्ट प्रिन्टर बजारमा, कागज र पैसा दुवै बचत !

केन्द्रबिन्दु
261
Shares

काठमाडाैं । जापानिज ब्रान्ड ब्रदरको नेपालका लागि आधिकारिक वितरक सागर ग्रुपले लोकप्रिय इन्क ट्याङ्क शृङ्खलामा डीसीपी–टी५३०डब्ल्यू प्रिन्टर सार्वजनिक गरेको छ ।

कम्प्याक्ट, बहुकार्यात्मक र किफायती यो प्रिन्टर घर, सानो अफिस वा विद्यार्थीहरूका लागि उत्कृष्ट रोजाई बन्न सक्छ । यो प्रिन्टरले प्रिन्ट, स्क्यान र कपिका तीन मुख्य कार्यहरू कुशलतापूर्वक सम्हाल्छ । यसको प्रिन्ट स्पीड कालो/सेतो (मोनो) मा १६ इमेजेस प्रति मिनेट (आईपिएम) र रङ्गीनमा ९ आईपिएमसम्म पुग्छ, जसले दैनिक काम छिटो र प्रभावकारी बनाउनेछ । विशेषगरी अटोमेटिक डुप्लेक्स फङ्क्सन (दुवैतर्फी स्वचालित छपाई) ले कागजको खपत ५० प्रतिशतसम्म घटाउँछ ।

कनेक्टिभिटीका हिसाबले यो प्रिन्टर निकै उन्नत छ । यसमा डुअल–ब्यान्ड वाईफाई (२.४ गिगाहर्ज र ५.० गिगाहर्ज), वाई–फाई डाइरेक्ट, हाई–स्पीड यूएसबी २.० जस्ता विकल्पहरू छन् । मोबाइलबाट सिधै प्रिन्ट गर्न ब्रदर मोबाइल कनेक्ट एप, एअरप्रिन्ट र मोप्रियालाई सपोर्ट गर्छ ।

डिजाइन साइडबाट हेर्दा यो प्रिन्टर निकै आकर्षक र व्यावहारिक छ । १–लाइन एलसीडी डिस्प्लेले सजिलो नेभिगेसन दिन्छ भने फ्रन्ट एक्सेस इन्क ट्याङ्कले मेस–फ्री रिफिल गर्न सकिन्छ । अल्ट्रा–हाई यिल्ड इन्क बोतलहरूले कालोमा ७५ सय पृष्ठ र प्रत्येक रङ्गीनमा ५ हजार पृष्ठसम्म छाप्ने क्षमता राख्छ ।

ऊर्जा खपतमा उत्कृष्ट यो प्रिन्टरले रेडी मोडमा करिब २.५ वाट, स्लिप मोडमा ०.६ वाट र अफ मोडमा ०.१५ वाट मात्र ऊर्जा खपत गर्छ । त्यस्तै यो प्रिन्टरले नोइज लेभल ५६ डेसिबल मात्र छ, जसले शान्त वातावरणमा यो प्रिन्टरबाट काम गर्न सजिलो बनाउँछ । यसको १५० शिट पेपर ट्रे र म्यानुअल फिड स्लटले प्लेन, ग्लोसी र इन्कजेटलगायत विभिन्न प्रकारका कागजलाई सहजै ह्यान्डल गर्छ । यो प्रिन्टरको प्रिन्ट रिजोल्युसन १२०० वाई ६००० डिपिआईसम्म पुग्छ, जसले दस्तावेज र फोटो दुवैमा क्रिस्प र जीवन्त आउटपुट दिन्छ ।

यदि तपाईं भरपर्दो, कम मर्मत खर्चिलो र स्मार्ट फिचरयुक्त प्रिन्टर खोज्दै हुनुहुन्छ भने ब्रदर डीसीपी–टी५३०डब्ल्यू तपाईका लागि उत्कृष्ट रोजाइ हो ।

Logo