५० प्रतिशतसम्म कागज बचत गर्ने ब्रदरको नयाँ प्रिन्टर नेपाली बजारमा, सागर ग्रुपले गर्‍यो सार्वजनिक

५० प्रतिशतसम्म कागज बचत गर्ने ब्रदरको नयाँ प्रिन्टर नेपाली बजारमा, सागर ग्रुपले गर्‍यो सार्वजनिक

केन्द्रबिन्दु
36
Shares

काठमाडाैं । विश्व प्रसिद्ध जापानी ब्रान्ड ब्रदरले नेपाली बजारमा उन्नत मल्टिफङ्कसन इन्कट्याङ्क डीसीपी–टी७३०डब्ल्यू मोडलको नयाँ प्रिन्टर ल्याएको छ । नेपालका लागि आधिकारिक वितरक सागर ग्रुपले उक्त प्रिन्टर भित्र्याएकाे हाे ।

घरेलु प्रयोगदेखि साना कार्यालयहरूका लागि विशेष रूपमा डिजाइन गरिएको यो मोडलको प्रिन्टरले ए४ साइजको कागजमा कालो/सेतो (मोनोक्रोम) मा १६ इमेजेस प्रति मिनेट र रङ्गीनमा १५.५ आईपिएमसम्म प्रिन्ट गर्न सक्छ । दुवैतर्फी अटोमेटिक डुप्लेक्स प्रिन्टिङ फिचर रहेको यो प्रिन्टरले कागजको खपत ५० प्रतिशतसम्म घटाउँछ ।

यो प्रिन्टरमा २० पानाको अटो डकुमेन्ट फिडर (एडिएफ) पनि जडान छ, जसले धेरै पृष्ठको डकुमेन्टहरू स्क्यान वा कपी गर्दा समय बचत गर्नुका साथै म्यानुअल इनपुटको झन्झटबाट पनि मुक्ति दिन्छ ।

कनेक्टिभिटीका हिसाबले यो प्रिन्टर अत्यन्त बहुमुखी छ । यसमा हाइ–स्पीड यूएसबी २.०, डुअल–ब्यान्ड वाइफाई अर्थात २.४ गिगाहर्ज र ५.० गिगाहर्ज वाइफाई, वाई–फाई डाइरेक्ट र मोबाइल प्रिन्टिङ सपोर्ट छन् । त्यस्तै यो प्रिन्टरमा ब्रदर मोबाइल कनेक्ट एप, एअरप्रिन्ट, मोप्रिया जस्ता प्लेटफर्ममार्फत स्मार्टफोन वा ट्याब्लेटबाट सिधै प्रिन्ट र स्क्यान गर्न सकिन्छ । त्यति मात्र होइन वायरलेस कनेक्सनले कार्यालय वा घरको कुनै पनि कोठाबाट सहजै प्रयोग पनि गर्न सकिन्छ ।

डिजाइन र प्रयोगकर्ता अनुभवको कुरा गर्दा, यो प्रिन्टर कम्प्याक्ट र आधुनिक छ, जसले सानो टेबल वा डेस्कमा पनि सजिलै फिट हुन्छ । त्यस्तै फ्रन्ट एक्सेस इन्क ट्याङ्क सिस्टमले इन्क रिफिललाई मेस–फ्री र सफा बनाउँछ । १–लाइन एलसीडी डिस्प्लेले सजिलो नेभिगेसन र स्टेटस चेक प्रदान गर्नुका साथै अल्ट्रा–हाई यिल्ड इन्क बोतलहरूले कालो इन्कबाट ७५ सय पृष्ठ (बन्डलमा २ बोतलसहित १५ हजार पृष्ठसम्म) र प्रत्येक रङ्गीन (सायन, म्याजेन्टा, एल्लो) बोतलबाट ५ हजार पृष्ठसम्म छाप्ने क्षमता राख्छ ।

यो प्रिन्टर ऊर्जा खपतमा पनि उत्कृष्ट छ । अपरेटिङ मोडमा न्यून खपत, स्लिप मोडमा मात्र ०.६ वाट र अफ मोडमा ०.१५ वाट बिजुली प्रयोग गर्छ, जसले बिजुलीको बिलमा बचत गर्छ । करिब ५५ डेसिबल आवाजमा दिइएको निर्देशन पालन गर्ने यो प्रिन्टरबाट शान्त वातावरणमा पनि निर्बाध काम गर्न सकिन्छ ।

ब्रदरका अन्य मोडलहरू जस्तै डीसीपी–टी४३०डब्ल्यू, डीसीपी–टी५३०डब्ल्यू र डीसीपी–टी८३०डब्ल्यू पनि बजारमा छन्, तर यदि तपाईं अटो डुप्लेक्स, एडिएफ र उच्च कनेक्टिभिटीसहितको सन्तुलित तथा भरपर्दो प्रिन्टर खोज्दै हुनुहुन्छ भने डीसीपी–टी७३०डब्ल्यू तपाईंको लागि उत्कृष्ट विकल्प बन्न सक्छ ।

Skip This
Skip This
Logo