काठमाडाैं । एक्सल्याबद्धारा प्रायोजित चौथो संस्करणको ‘बेलियो एक्सपेरियन्स टेक्नोलोजी एण्ड लाइफस्टाइलः मिट एण्ड ग्रिट एक्स्पो’ आयोजना हुने भएको छ ।
सूचना प्रविधि क्षेत्रमा लगातार तिन दशकदेखि सक्रिय रहँदै आएको सागर ग्रुपले यहि माघ २२ देखि २७ गतेसम्म कलंकीमा रहेको आफ्नै कर्पोरेट हाउस बेलियो एक्सपेरियन्स सेन्टरमा उक्त एक्स्पो आयोजना गर्न लागेको हो । ६ दिनसम्म चल्ने यो एक्स्पो बिहान १० बजेदेखि साँझ ५ बजेसम्म चल्नेछ ।
कार्यक्रम संयोजक विमल राज रेग्मीले यस चौथो संस्करण बेलियो एक्सपेरियन्स टेक्नोलोजी एण्ड लाइफस्टाइलः मिट एण्ड ग्रिट एक्स्पोको मुख्य उद्देश्य घरेलु आविष्कार र विश्वव्यापी प्रविधिलाई एकै ठाउँमा ल्याएर उपभोक्ता तथा व्यवसायीहरूलाई आधुनिक उद्योगका नवीनतम प्रविधिहरूबारे जानकारी गराउनु रहेको बताए। सहभागीहरूले साइबर सुरक्षा, सफ्टवेयर सोलुसन र दैनिक जीवन उपयोगी उपकरणहरूको प्रत्यक्ष प्रदर्शन (लाइभ डेमन्स्ट्रेसन) अवलोकन गर्दै अन्तरक्रियात्मक खेलहरू र विशेष उपहार योजनाहरू मार्फत विभिन्न सुविधाहरू प्राप्त गर्न सक्नेछन्।
समग्रमा, यो कार्यक्रमले प्रविधि र जीवनशैलीको संयोजन गरी एउटा पूर्ण इकोसिस्टमको अनुभव प्रदान गर्ने र नेपालमा भित्रिरहेका नयाँ उत्पादनहरूबारे जनचेतना फैलाउने लक्ष्य राखेको छ।
यस्तै, यो एक्स्पोले नयाँ र अपडेटेडका साथै नवप्रवर्तन प्रविधिको बारेमा जान्न, बुझ्ने र किन्ने अवसर पनि प्रदान गर्ने लक्ष्य लिएको छ । प्रविधि प्रेमीहरूको लागि एक्स्पो निकै उपयोगी हुने आयोजक पक्षलाई पूर्ण विश्वास छ ।





























प्रतिक्रिया